इजरायलमा बाँकी नेपालीलाई चाँडै ल्याउँछौं, सरकारको पहल जारी छ : परराष्ट्रमन्त्री साउद

आश्विन २६, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा बाँकी नेपालीलाई चाँडै ल्याउँछौं, सरकारको पहल जारी छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले इजरायलमा रहेका स्वदेश फर्किन चाहने नेपालीहरुलाई पनि यथासक्य चाँडो फर्काउन सरकारले पहल गरिरहेको जनाएका छन् ।

इजरायलबाट २५४ नेपालीलाई स्वदेश फर्काएपछि शुक्रबार बिहान त्रिभुवन विमानस्थलमै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै परराष्ट्रमन्त्री साउदले युद्ध प्रभावित क्षेत्रमा फसेका सबै नेपालीलाई सकुशल स्वदेश फर्काउन सरकार जुटेको जानकारी दिए । इजरायल पुगेको नेपाल एयरलाइन्सको विमान काठमाडौं आइपुगेको छ ।

इजरायल सरकार, त्यहाँ रहेको नेपाली दूतावास तथा विभिन्न संघ-संस्थाको सक्रियताका कारण आज २५४ नेपालीलाई स्वदेश फर्काउन सम्भव भएको मन्त्री साउदले जनाए । ‘नेपालीको सुरक्षाका लागि इजरायल सरकार सतर्क, सजग र समर्पित छन्,’ मन्त्री साउदले पत्रकार सम्मेलनमा भने । उनले सरकारको निर्णयबमोजिम इजरायलमा फसेका नेपालीहरुको उद्धार सफल भएको र अन्य नेपालीलाई पनि आवश्यकताअनुसार जहाज पठाइने तथा त्यहाँका नेपालीलाई ल्याउन आफूहरु समर्पित रहेको आश्वासन दिए । उनले नेपाल आउन बाँकी रहेकाहरुका आफन्तजनलाई धैर्य गर्नसमेत आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता रहेका भनिएका विपिन जोशीको खोजी जारी रहेको जनाएका छन् । उनले भने, ‘विपिन जोशीको खोजीका लागि आग्रह गरिसकेको छु । त्यहाँको विदेश मन्त्रालयका अधिकारीहरुले आश्वासन पनि दिएका छन् । उनको अवस्थाबारे चाँडै जानकारी आउनेछ ।’

थप भिडियोमा...

थप समाचार...

२५४ नेपाली लिएर इजरायलबाट आइपुग्यो नेपाल एयरलाइन्सको विमान

इजरायलबाट आएकाहरुलाई ३ जिल्लामा नि:शुल्क बस सेवा

के हो इजरायल-प्यालेस्टाइन युद्ध ?

हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाले इजरायललाई दियो नौसेनासहित क्रुजर र विस्फोटक क्षेप्यास्त्र

किन चिसियो अमेरिका-इजरायल सम्बन्ध ?

इजरायलमा भएको आतंकवादी आक्रमणको नेपाल सरकारद्वारा निन्दा

इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

इजरायलमा मारिएका १० नेपालीमध्ये सुदूरपश्चिम प्रदेशका मात्रै सात जना

इजरायलमा रहेका नेपाली विद्यार्थीको गुनासो- फार्म धनीले बंकर छैन, मिसाइल आए मरुभूमितिर भाग्नू भने

युद्धका कारण इजरायलमा आगामी साताबाट हुने सबै खेल स्थगित

इजरायल घटना : दार्चुलाका दुई युवाको निधन, प्रजिअसहितको टोलीले भेट्यो पीडित परिवार

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई १० लाख रुपैयाँ राहत, मंगलबार राष्ट्रिय शोक

प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो

विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले गर्‍यो ११ निर्णय

तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)

रुस-युक्रेन द्वन्द्वले प्रभावित विश्व अर्थतन्त्रलाई इजरायल-प्यालेस्टाइन युद्धको थप धक्का, कच्चा तेल र ग्यास महँगियो

इजरायलमा मारिएका साहको परिवारलाई मधेश सरकारले पाँच लाख दिने

इजरायलमा १० नेपालीसँगै अरु कुन देशका नागरिक मारिए ? (सूचीसहित)

इजरायल घटनाबारे परराष्ट्रमन्त्री साउदलाई प्रश्न : उद्धारभन्दा राहत घोषणामा हतार किन ? (टफटक)

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली सरकारले ३ लाख दिने

इजरायल-हमासबीचको युद्ध अन्त्य गर्न टर्किएद्वारा मध्यस्थताको प्रस्ताव

इजरायल-हमास युद्धमा संलग्न नहुन इरानलाई अमेरिकाको चेतावनी

इजरायलमा मारिएका नेपालीको सम्झना गर्दै नेपालगन्जमा दीप प्रज्वलन

बन्धक नागरिक मुक्त नगरेसम्म गाजामा घेराबन्दी जारी राख्ने इजरायलको चेतावनी

इजरायललाई अमेरिकाको साथ छ : ब्लिन्केन

२५४ नेपाली लिएर इजरायलबाट उड्यो विमान


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement