इजरायलबाट आएकाहरुलाई ३ जिल्लामा नि:शुल्क बस सेवा

आश्विन २६, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलबाट आएकाहरुलाई ३ जिल्लामा नि:शुल्क बस सेवा

काठमाडौं । सरकारी पहलमै इजरायलबाट आएका विद्यार्थीहरूलाई त्रिभुवन विमानस्थलबाट उपत्यकाका ३ जिल्लामा नि:शुल्क बस सेवा दिइएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीका तीनवटा बसले नि:शुल्क सेवा दिएको जानकारी दिए । इजरायलबाट शुक्रबार बिहान २:३७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका विद्यार्थीहरुलाई उपत्यकाका तीन जिल्लामा उनीहरुले चाहेको स्थानमा पुर्याउने व्यवस्था मिलाइएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement