इजरायलमा मारिएका नेपालीको सम्झना गर्दै नेपालगन्जमा दीप प्रज्वलन

आश्विन २५, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा मारिएका नेपालीको सम्झना गर्दै नेपालगन्जमा दीप प्रज्वलन

नेपालगन्ज । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको सम्झनामा नेपालगन्जमा दीप प्रज्वलन गरिएको छ ।

नेपालगन्जको मुस्लिम समुदायले दीप प्रज्वलन गर्दै शोक व्यक्त गरेका हुन् ।

मुस्लिमको बाक्लो बस्ती रहेको नेपालगन्जको एकलैनीका मुस्लिम समुदायले निर्दोष नेपाल विद्यार्थीमाथि भएको आक्रमणको पनि विरोध गरेका छन् ।

एकलैनी बजारको नागरिक समाजले अयोजना गरेको श्रद्धाञ्जली सभामा ठूलो संख्यामा मुस्लिम समुदाय भेला भएको थिए ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement