२५४ नेपाली लिएर इजरायलबाट आइपुग्यो नेपाल एयरलाइन्सको विमान

आश्विन २६, २०८० |कान्तिपुर टीभी संवाददाता
२५४ नेपाली लिएर इजरायलबाट आइपुग्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौं । युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई स्वदेश फर्काउन इजरायल पुगेको नेपाल एयरलाइन्सको विमान काठमाडौं आइपुगेको छ ।

तेलअभिभ विमानस्थलबाट २५४ नेपालीलाई लिएर विमान नेपाली समयअनुसार ५:२० मा काठमाडौंका लागि उडेको थियो । विमान शुक्रबार बिहान २:३७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमान दुबई ट्रान्जिट बनाएर नेपाल आइपुगेको हो ।

यसअघि युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीलाई विमानस्थलमा ल्याइएको थियो । पहिलो लटमा स्वदेश आइपुग्नेमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् ।

यीमध्ये धनबहादुर चौधरी घाइते छन् । उपचारकै क्रममा रहेका उनलाई विमानमा यात्रा गर्न सक्ने चिकित्सकहरुले जनाएपछि स्वदेश फर्किएका हुन् ।

त्यसअघि इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले स्वदेश फर्किन लागेका नेपालीहरुलाई इजरायलको तेलअभिभ विमानस्थलमा बिदाइ गरेकी थिइन् ।

सरकारले स्वदेश फिर्ता हुन चाहनेलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाएको थियो । युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदको टोली विमान लिएर बिहीबार बिहान इजरायल गएको थियो ।

विमानबाट फर्कँदै गर्दा गत शनिबार र आइतबार जस्तो त्रासको स्थिति नभएको तर सीमा क्षेत्रमा बसोबास गर्नेहरुले सुरक्षा प्रोटोकललाई नि:सर्त पालना गर्नुपर्ने आफूले अनुभव गरेको नेपाली विद्यार्थी शंकर भट्टराईले प्रतिक्रिया दिएका छन् ।

परराष्ट्र मन्त्रालयले घर फिर्तीका लागि ३५० जनाको विवरण प्राप्त गरे पनि २८८ जनाले नेपाल फर्कने इच्छा व्यक्त गरेको जनाएको छ । विमानमा नअटेका बाँकी नेपालीलाई भने आवश्यकताअनुसार अर्को विमान पठाउने वा नियमित जहाजबाटै भए पनि ल्याउने व्यवस्थाको तयारी भइरहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको भनाइ छ ।

गत शनिबार प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । विपिन जोशी अझै सम्पर्कविहीन छन् । १७ जनाको समूहमा रहेका विद्यार्थीमाथि भएको आक्रमणमा १० जनाको मृत्यु भएको थियो । ती शव पनि प्रक्रिया पूरा गरेर चाँडै ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

थप समाचार...

के हो इजरायल-प्यालेस्टाइन युद्ध ?

हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाले इजरायललाई दियो नौसेनासहित क्रुजर र विस्फोटक क्षेप्यास्त्र

किन चिसियो अमेरिका-इजरायल सम्बन्ध ?

इजरायलमा भएको आतंकवादी आक्रमणको नेपाल सरकारद्वारा निन्दा

इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

इजरायलमा मारिएका १० नेपालीमध्ये सुदूरपश्चिम प्रदेशका मात्रै सात जना

इजरायलमा रहेका नेपाली विद्यार्थीको गुनासो- फार्म धनीले बंकर छैन, मिसाइल आए मरुभूमितिर भाग्नू भने

युद्धका कारण इजरायलमा आगामी साताबाट हुने सबै खेल स्थगित

इजरायल घटना : दार्चुलाका दुई युवाको निधन, प्रजिअसहितको टोलीले भेट्यो पीडित परिवार

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई १० लाख रुपैयाँ राहत, मंगलबार राष्ट्रिय शोक

प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो

विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले गर्‍यो ११ निर्णय

तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)

रुस-युक्रेन द्वन्द्वले प्रभावित विश्व अर्थतन्त्रलाई इजरायल-प्यालेस्टाइन युद्धको थप धक्का, कच्चा तेल र ग्यास महँगियो

इजरायलमा मारिएका साहको परिवारलाई मधेश सरकारले पाँच लाख दिने

इजरायलमा १० नेपालीसँगै अरु कुन देशका नागरिक मारिए ? (सूचीसहित)

इजरायल घटनाबारे परराष्ट्रमन्त्री साउदलाई प्रश्न : उद्धारभन्दा राहत घोषणामा हतार किन ? (टफटक)

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली सरकारले ३ लाख दिने

इजरायल-हमासबीचको युद्ध अन्त्य गर्न टर्किएद्वारा मध्यस्थताको प्रस्ताव

इजरायल-हमास युद्धमा संलग्न नहुन इरानलाई अमेरिकाको चेतावनी

इजरायलमा मारिएका नेपालीको सम्झना गर्दै नेपालगन्जमा दीप प्रज्वलन

बन्धक नागरिक मुक्त नगरेसम्म गाजामा घेराबन्दी जारी राख्ने इजरायलको चेतावनी

इजरायललाई अमेरिकाको साथ छ : ब्लिन्केन

२५४ नेपाली लिएर इजरायलबाट उड्यो विमान


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement