मन्त्रिपरिषद् बैठक : इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई १० लाख रुपैयाँ राहत, मंगलबार राष्ट्रिय शोक

आश्विन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद् बैठक : इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई १० लाख रुपैयाँ राहत, मंगलबार राष्ट्रिय शोक

काठमाडौं । सरकारले इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका नेपाली विद्यार्थीका परिवारलाई जनही १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राहतस्वरुप सो रकम दिने निर्णय गरेको सूचना तथा सञ्‍चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माले भनिन्, ‘मृतकका परिवारलाई दश लाख रुपैयाँ उपलब्ध गराउने र उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा गर्ने निर्णय भएको छ ।’

प्रवक्ता शर्माका अनुसार सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोक मनाउने निर्णयसमेत गरेको छ । जसअनुसार सरकारी झन्डा आधा झुकाउने निर्णय भएको छ ।

साथै सरकारले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्काउने निर्णय गरेको पनि शर्माले जानकारी दिइन् ।

थप समाचार...

प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो

इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय

इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने सरकारको तयारी

इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय

के हो इजरायल-प्यालेस्टाइन युद्ध ?

हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

इजरायलमा रहेका नेपालीको सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकियो

शोकमा मृतकका आफन्तजन, घाइतेलाई चाँडो उद्धारको याचना

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्रीको आश्वासन- उद्धारको तयारी गरिरहेका छौं


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement