युद्धका कारण इजरायलमा आगामी साताबाट हुने सबै खेल स्थगित

आश्विन २२, २०८०
युद्धका कारण इजरायलमा आगामी साताबाट हुने सबै खेल स्थगित

जेरुसेलम । युरोपियन फुटबल महासंघले आगामी दुई साता इजरायलमा हुने तालिका रहेका सबै खेल तत्कालका लागि स्थगित गरेको छ ।

नयाँ मिति छलफलपछि सार्वजनिक गर्ने युएफाले जानकारी दिएको छ । प्यालेस्टीनी समर्थक इस्लामिक समूह हमासले आक्रमण गरेपछि इजरायलले गत आइतबार युद्ध घोषणा गरेको थियो ।

यो साता इजरायलले युरोपकप छनोटअन्तर्गत घरेलु मैदानमा स्विट्जरल्यान्डसँग खेल्ने तालिका थियो । यस्तै युरो २०२५, अन्डर ट्वान्टी वानमा इस्टोनिया र जर्मनीविरुद्धको खेल पनि इजरायलमा तय थियो । घरेलु टोली इजरायलसहित बेल्जियम, जिब्राल्टार र वेल्स समावेश भएको अन्डर सेभेन्टिन मिनी टुर्नामेन्ट पनि आगामी साता हुने तालिका रहेकामा सबै स्थगित गरिएका छन् ।


Enter Kantipur TV HD
Advertisement