इजरायललाई अमेरिकाको साथ छ : ब्लिन्केन

आश्विन २५, २०८०
इजरायललाई अमेरिकाको साथ छ : ब्लिन्केन

जेरुसेलम । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई निरन्तर साथ दिने बताएका छन् ।

हमासविरुद्धको युद्धमा इजरायलप्रति समर्थन जनाउन अमेरिकी उच्च अधिकारीसहित तेलअभिभ पुगेका ब्लिन्केनले आजै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेटेका छन् ।

नेतन्याहुसँगको भेटमा ब्लिन्केन इजरायललाई आवश्यक सबै सहयोग गर्न अमेरिका तयार रहेको बताएका हुन् । इजरायललाई बलियो साथ रहने छ- नेतन्याहुसँगको भेटपछि ब्लिन्केनले भनेका छन् ।

यसैबीच जर्मनीले इजरायलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले इजरायलको सुरक्षाका लागि जर्मनीले पनि साथ दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


Enter Kantipur TV HD
Advertisement