अमेरिकाले इजरायललाई दियो नौसेनासहित क्रुजर र विस्फोटक क्षेप्यास्त्र

आश्विन २२, २०८०
अमेरिकाले इजरायललाई दियो नौसेनासहित क्रुजर र विस्फोटक क्षेप्यास्त्र

जेरुसेलम । हमासको आक्रमण भएयता इजरायलनजिक अमेरिकी नौसेना परिचालन भएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पूर्वी भूमध्य सागरमा यूएसएस जेराल्ड आर फोर्ड नौसेना, एउटा क्रुजर क्षेप्यास्त्र, चारवटा विस्फोटक क्षेप्यास्त्र र जेट विमान पठाएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको दक्षिण इजरायलमाथिको आक्रमण अभूतपूर्व र डरलाग्दो हमला भनेर टिप्पणी गरेका छन् । ह्वाइट हाउसले इजरायललाई आगामी दिनमा थप सैन्य सहयोग दिने बताएको छ ।

इरानका राष्ट्रपति इब्राहिम रैसीले भने हमासको समर्थन जनाएका छन् । हमासले इरानले रकेट, ड्रोन र सशस्त्र पाराग्लाइडरहरु सहयोग दिएको स्वीकारेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा भने इरानले इजरायलमाथिको हमलामा आफू संलग्न नभएको दाबी गरेको रोयटर्सले जनाएको छ ।

इजरायल र हमास विद्रोहीबीचको युद्धमा नेपालीलगायत अमेरिकी, बेलायती, फ्रान्सेली, युक्रेनी र थाई नागरिकको ज्यान गइसकेको छ । इजरायल र गाजाको हिंसाबारे थप छलफल गर्न आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्दै छ ।


Enter Kantipur TV HD
Advertisement