इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

आश्विन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

काठमाडौं । इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेलले चासो देखाएका छन् । उनले इजरायलमा रहेका नेपालीहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई शीतलनिवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकको अवस्थाबारे चासो जनाएका हुन् । उनले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

त्यसैगरी राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेको पोखरेलले जानकारी दिए ।

थप समाचार...

प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो

इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय

इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने सरकारको तयारी

इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय

के हो इजरायल-प्यालेस्टाइन युद्ध ?

हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

इजरायलमा रहेका नेपालीको सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकियो

शोकमा मृतकका आफन्तजन, घाइतेलाई चाँडो उद्धारको याचना


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement