किन चिसियो अमेरिका-इजरायल सम्बन्ध ?

चैत्र १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
किन चिसियो अमेरिका-इजरायल सम्बन्ध ?

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अघि सारेको विवादास्पद न्यायपालिका सुधार योजनाका विषयमा अमेरिका र इजरायलबीचको सम्बन्ध चिसिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यायपालिका सुधारको योजना फिर्ता लिन नेतन्याहुलाई आग्रह गरेपछि दुई देशबीचको सम्बन्धमा चिसिएको हो । ह्वाइटहाउसले सुरुमा नेतन्याहुले न्यायपालिका सुधारसम्बन्धी विधेयकका विषयमा सहमति खोज्ने प्रारम्भिक टिप्पणी गरेको थियो ।

तर हिजो (मंगलबार) बाइडनले-नेतन्याहुले विधेयक फिर्ता लिने आफ्नो विश्वास रहेको बताएका थिए । तर, लगत्तै प्रतिक्रिया सार्वजनिक गर्दै नेतन्याहुले इजरायल सार्वभौम मुलुक भएकाले विदेशीको दबाबमा नभई जनताको इच्छाअनुसार निर्णय लिने बताएका छन् ।

चौतर्फी विरोधपछि नेतन्याहुले विधेयकमाथिको मतदान प्रक्रिया एक महिना स्थगन गरेको घोषणा गरेका छन् । स्थगनपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएका छन् । विधेयक पारित भए सर्वोच्च अदालतका नियुक्तिमा सरकारको नियन्त्रण रहनेछ । यो व्यवस्था अलोकतान्त्रिक रहेको भन्दै आलोचना हुँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement