इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली सरकारले ३ लाख दिने

आश्विन २४, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली सरकारले ३ लाख दिने

सुर्खेत । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका कर्णाली प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले राहतस्वरुप मृतकका परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जीसीले जानकारी दिए ।

इजरायलमा शनिबार प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी सल्यानको शारदा नगरपालिका ३ का २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो । त्यस्तै बैठकले भदौ र असोजको बाढी तथा हावाहुरीलगायत प्रकोपबाट भएको बालीनाली तथा पशुपन्छीको क्षतिमा किसानलाई राहत दिन ६ करोड रुपैयाँ दिने निर्णयसमेत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement