इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)

आश्विन २३, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौं । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालले मंगलबार साँझ दीप प्रज्वलन गरेको हो । हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको छ ।

उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए । इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् ।

सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको छ ।

हेरौं थप तस्बिर :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.