आईसीसी टी-ट्वेन्टी विश्वकप : पहिलो खेलमा नेपाल ६ विकेटले पराजित

जेष्ठ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी टी-ट्वेन्टी विश्वकप : पहिलो खेलमा नेपाल ६ विकेटले पराजित

डालास । नेपालले हारबाट आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ को सुरुआत गरेको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको हो । नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले एक सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेदरल्यान्ड्सले १८ ओभर चार बलमा चार विकेट गुमाएर एक सय ७ रनको लक्ष्य पूरा गर्यो ।

नेपालले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६ रन मात्र बनाएको थियो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल पनि लो स्कोरिङ खेल हुन पुग्यो । दुवै ओभरमा बलर हाबी भएका थिए । नेपालका ओपनर आसिफ सेख चार रन बनाएर आउट भएका थिए । उनलाई नेदरल्यान्ड्सका टिम प्रिन्ग्लेले एक ओभर ६ बलमै आउट गराएका हुन् । आसिफ आउट हुँदा नेपालले १० रन मात्र बनाएको थियो । नेदरल्यान्ड्सले नेपालविरुद्ध सुरुआतबाटै कसिलो र घातक बलिङ गरेको थियो । यसकारण पनि नेपालले दुवै ओपनरलाई सहजै गुमायो ।

डच टोलीका भान विकले नेपालका शीर्ष क्रमका भरपर्दा ब्याटर कुशल भुर्तेललाई सात रनमै आउट गराएका थिए । अनिल शाह ११ रन बनाएर पभेलियन फर्किए । तेस्रो नम्बरका अनिलले १२ बलमा ११ रन बनाएका हुन् । अनिल उनी आउट हुँदा नेपाल तीन विकेट गुमाएर ४० रन मात्र बनाएको थियो । कुशल मल्लले पनि नौ रन मात्र बनाउन सके । चौथो विकेटका रुपमा कुशल आउट हुँदा नेपालले ५२ रन मात्र बनाएको थियो ।

नेपाली टिमका थ्री डाइमेन्सनल खेलाडीका रुपमा परिचय बनाएका दीपेन्द्रसिंह ऐरीको पनि आज ब्याट चल्न सकेन । उनलाई पनि बास डी लिडले भान विकको हातबाट क्याच आउट गराएका हुन् । १० ओभर चार बलमा दीपेन्द्र आउट हुँदा नेपालको खातामा ५३ रन मात्रै थियो । नेपालको ब्याटिङमा गहिराइ भए पनि खेलाडीले सम्हालिएर खेल्न सकेनन् । नेपालले १३ रन बनाउँदा तीन विकेट गुमाउन पुग्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले मात्र सम्हालिएर खेल्न सके । उनले ३७ बलमा ३५ रन बनाएका थिए । यता सोमपाल कामीलाई मिकेरनले शून्यमै बोल्ड गरे । १४ रन बनाएर क्रिजमा जमिसकेका गुल्सन झालाई भान विकले बोल्ड गरेपछि नै नेपालको लगभग आशा समाप्त भएको हो । तर नवौं नम्बरमा मैदान प्रवेश गरेका करण केसीले दुई छक्का प्रहार गरेपछि भने डेथ ओभरमा नेपाली समर्थक उत्साही बनेका थिए । तर त्यो उत्साह पनि धेरै समय भने टिक्न सकेन ।

गुल्सन झाले १४ रन बनाउँदा करण पनि १७ रन बनाएर आउट भए । अन्तिममा सागर ढकाल अविजित रहे । १९ ओभर दुई बलमा अविनाश बोहोरलाई भान विकले कट एन्ड बोल्ड आउट गराएपछि नेपाल एक सय ६ रनमा नै समेटिएको हो ।

नेपालविरुद्ध पल भान मिकेरनले सबैभन्दा किफायति बलिङ गरे । उनले चार ओभरमा १९ रन मात्र खर्चिएर दुई विकेट आफ्नो नाम गरे । नेदल्यान्ड्सका लोगन भान विक र टिम प्रिन्ग्लेले समान तीन/तीन विकेट लिए । प्रिन्ग्लेले शीर्ष क्रमका तीन खेलाडीलाई आउट गराएर नेपालको ब्याटिङ लाइनपलाई धरापमा पारेका हुन् ।

जवाफमा नेदरल्यान्ड्सले पनि राम्रो सुरुआत भने गर्न सकेन । मिचेल लेबिट तीन बल खेलेर एक रन बनाएर आउट भएका थिए । तेस्रो नम्बरका विक्रमजित सिंहले २२ रन जोडेका थिए । यो जोडीले ४० रनको साझेदारी गरेका थिए । नवौं ओभरको दोस्रो बलमा विक्रमजित सिंह आउट भएपछि नेपालको आशा जागेको थियो । उनलाई दीपेन्द्रसिंह ऐरीले एलबीडब्ल्यू धरापमा पारेका थिए । उनले २८ बलमा २२ रन बनाए ।

चौथो नम्बरका स्याब्रान्ड एन्डल-बेच्ट १४ रन बनाएर रनआउट भए । उनलाई सोमपाल कामीले रनआउट गराउका हुन् । स्याब्रान्ड आउट हुँदा नेदरल्यान्ड्सले ७१ रन बनाएको सहज अवस्थामा पुगिसकेको थियो । उसका ओपनर म्याक्स ओ डाउड लामो समय मैदानमा टिकेका थिए । यता, अविनाश बोहोराले स्कट एडवार्ड्सलाई बोल्ड गराए । एडवार्ड्सले व्यक्तिगत पाँच रन मात्र बनाउन सके । नेदरल्यान्ड्सले ८० रन बनाएको अवस्थामा चौथो विकेट गुमाएको थियो । त्यतिबेला नेदरल्यान्ड्सलाई चार ओभर चार बलमा २७ रन मात्र आवश्यक थियो । आवश्यक रन पूरा गर्न नेदरल्यान्ड्सलाई धेरै दबाब नै भएन ।

रोहितले १८औं ओभरमा म्याक्स ओ डाउडको क्याच मिस गरे । नेपालले मिस गरेको यो दोस्रो क्याच थियो । अन्तिममा मैदानमा आएका बास डी लिडले म्याक्स ओ डाउडसँग नेपाली बलरले दिएको दबाब सामना गर्दै जित दर्ता गरेका हुन् । डेथ ओभरमा म्याक्स ओ डाउडले अविनाश बोहोराविरुद्ध एकै ओभरमा १५ रन प्रहार गरे ।

१८औं ओभरमा म्याक्स ओ डाउडले अर्धशतकसमेत पूरा गरेका थिए ।

यो पनि...

अमेरिकामा खेलाडीलाई हौस्याउन रंगशाला पुगेका नेपाली (फोटो फिचर)

नेपालद्वारा नेदरल्यान्डसलाई १०७ रनको लक्ष्य प्रस्तुत

‘नेदरल्यान्डस्‌सँगको खेलका लागि नेपाल सबै हिसाबले तयार छ’

नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल

गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

नेपाली क्रिकेटका सफल ओपनर कुशल भुर्तेल : सानदार प्रदर्शनको अपेक्षा

विश्वकपमा सोमपालको प्रदर्शन कस्तो रहला ?

संघर्षले खारिएका अनिल साह : विश्वकपमा अब्बल साबित गर्ने अवसर

कठिन अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै आएका करणले विश्वकपमा कस्तो चमत्कार देखाउलान् ?

अविनाश बोहोराको बलिङ जादु, पूरा होला विश्वकपमा सुपर एटसम्म पुग्ने नेपालको लक्ष्य ?

आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी

प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म

ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार

चोटले क्रिकेट करियरमा अवरोध गरे पनि सिनियर टिममा स्थान बनाउन सफल कमलसिंह ऐरी

सोमपाल कामी शून्यमा आउट


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement