नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल

जेष्ठ १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित पौडेल

अमेरिका । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताउनुभएको छ ।

अमेरिकामा शनिबार अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताउनुभयो । उहाँले आफूहरु विश्वकपका लागि उत्साहित रहेको बताउनुभयो । उहाँले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइन्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताउनुभयो । उहाँले राम्रो खेलेर समर्थकहरुलाई उपहार दिने बताउनुभयो ।

‘विश्वकपका लागि एकदमै एक्साइटेड छौं । २५ दिनदेखि बाहिरै छौं । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ । अभ्यास गरिरहेका छौं । हामी तयारीमा छौं । सबैजना साथमा हुनुहुन्छ । बेस्ट क्रिकेट खेलेर हामी खुसी दिनेछौं,’ पौडेलले भन्नुभयो, ‘नेपाललाई अमेरिकामा सपोर्ट छ । राम्रो खेलेर हामी सबैको नजर तान्नेछौं । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छौं भन्ने सन्देश दिनुपर्छ अब ।’

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताउनुभयो । उहाँले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको बताउनुभयो । उहाँले यसपटक दुईवटा देशमा विश्वकप हुने भएको सो स्थानहरुको वातावरणमा भिज्न र अभ्यास गर्न नेपालबाट एक महिनाअघि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको बताउनुभयो । उहाँले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने बताउनुभयो ।

‘हामीले पहिलो गेमका लागि फोकस गरेर तयारी गरिरहेका छौं । हामी अब सबै किसिमले विश्वकपका लागि तयार छौं । नयाँ ठाउँमा केही तयारी गर्नुपर्ने हुन्छ । त्यसकै लागि हामी करिब एक महिनाअघि नै आएर यहाँ भिज्ने प्रयास गरेका छौं,’ उहाँले भन्नुभयो, ‘दुई फरक-फरक देशमा खेल छ, त्यसका लागि हामी अब तयार छौं । दीपेन्द्रसिंह ऐरी अहिले सबै किसिमले रेडी छ, अभ्यासहरु गरिरहेको छ । स्पिनर बलरको भूमिका धेरै नै महत्त्वपूर्ण छ, त्यसका लागि ललित र सागर छन् । त्यसले हाम्रो टिम ब्यालेन्स भएको छ ।’

उहाँले दीपेन्द्रसिंह ऐरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको बताउनुभयो । जुन २ (भोलि) बाट अमेरिका र वेस्टइन्डिजमा टी-ट्वेन्टी विश्वकप सुरु हुँदै छ । नेपालको खेल भने जुन ४ मा नेदरल्यान्डसँग रहेको छ ।

यो पनि...

नेपाली क्रिकेटका सफल ओपनर कुशल भुर्तेल : सानदार प्रदर्शनको अपेक्षा

संघर्षले खारिएका अनिल साह : विश्वकपमा अब्बल साबित गर्ने अवसर

विश्वकपअघिको सबै तयारी पूरा : पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपालको प्रतिस्पर्धा

विश्वकपमा सोमपालको प्रदर्शन कस्तो रहला ?

कठिन अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै आएका करणले विश्वकपमा कस्तो चमत्कार देखाउलान् ?

अविनाश बोहोराको बलिङ जादु, पूरा होला विश्वकपमा सुपर एटसम्म पुग्ने नेपालको लक्ष्य ?

गुल्सन झा : नेपाली क्रिकेट टिमका जोशिला खेलाडी

ललित राजवंशी : लेफ्ट आर्म स्पिनको जादु देखाउन तयार

प्रतिश जीसी : ट्यालेन्ट हन्टबाट विश्वकप यात्रासम्म

आसिफ सेख : विश्वकपमा उत्कृष्ट प्रदर्शनको जिम्मेवारी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement