नेपालद्वारा नेदरल्यान्डसलाई १०७ रनको लक्ष्य प्रस्तुत

नेपालको कमजोर ब्याटिङ
जेष्ठ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालद्वारा नेदरल्यान्डसलाई १०७ रनको लक्ष्य प्रस्तुत

डालस । टी-ट्वेन्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले एक सय सात रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा जारी खेलमा नेपालले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६ रन मात्र बनाएको हो । जारी खेलमा नेपाले कमजोर ब्याटिङ प्रस्तुत गर्यो ।

नेपालका ओपनर आसिफ सेख चार रन बनाएर आउट भएका थिए । उनलाई नेदरल्यान्ड्सका टिम प्रिन्ग्लेले आउट गराएका हुन् । आसिफ आउट हुँदा नेपालले १० रन मात्र बनाएको थियो । नेदरल्यान्ड्सले नेपालविरुद्ध सुरुआतबाटै कसिलो र घातक बलिङ गरेको थियो । नेपालले दुवै ओपनरलाई सहजै गुमायो ।

डच टोलीका भान विकले नेपालका अर्का ओपनर कुशल भुर्तेललाई सात रनमा नै आउट गरे । अनिल शाह ११ रन बनाएर आउट भएका छन् । उनले १२ बलमा ११ रन बनाएका हुन् । अनिललाई पनि नेदरल्यान्ड्सका टिम प्रिन्ग्लेले आउट गराएका हुन् । अनिल उनी आउट हुँदा नेपालले ४० रन मात्र बनाएको थियो । कुशल मल्ल पनि सस्तैमा आउट भएका छन् । उनले नौ रन मात्र बनाए । नेपालले ५२ रन बनाउँदा चौथो विकेट गुमाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले मात्र सम्हालिएर खेलिरहेका छन् । दीपेन्द्रसिंह ऐरी १ रनमा आउट हुँदा सोमपाल कामी शून्यमै बाहिरिए । नेपालका लागि रोहित पौडेलले ३५ रन मात्र बनाएका थिए । गुल्सन झाले १४ रन जोडे भने करण केसी १७ रन बनाएर आउट भए । अविनाश बोहोरा शून्यमा आउट भएसँगै नेपालले सबै विकेट गुमाएको हो ।

नेदल्यान्ड्सका लोगन भान विक र टिम प्रिन्ग्लेले समान तीन/तीन विकेट लिए । पल भान मिकेरन र बास डी लिडको नाममा पनि दुई/दुई विकेट रह्यो ।

-तस्बिर : हेमन्त श्रेष्ठ / कान्तिपुर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement