सोमपाल कामी शून्यमा आउट

जेष्ठ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सोमपाल कामी शून्यमा आउट

काठमाडौं । नेपालका बलर सोमपाल कामी शून्य रनमा आउट भएका छन् । उनलाई पल भान मिकरनले बोल्ड गरेका हुन् ।

त्यसैगरी अनिल शाह ११ रन बनाएर आउट भएका छन् । उनले १२ बलमा ११ रन बनाएका हुन् । उनलाई नेदरल्यान्ड्सका टिम प्रिन्ग्लेले आउट गराएका हुन् ।

उनी आउट हुँदा नेपालले ४० रन मात्र बनाएको थियो । कुशल मल्ल पनि आउट भएका छन् । उनले नौ रन बनाएर आउट भए । नेपालले ५२ रन बनाउँदा चौथो विकेट गुमाएको हो ।

नेपालका ओपनर आसिफ सेख चार रन बनाएर आउट भएका थिए । उनलाई पनि नेदरल्यान्ड्सका टिम प्रिन्ग्लेले आउट गराएका हुन् । उनी आउट हुँदा नेपालले १० रन मात्र बनाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement