अदालतबाट पुर्जी जारी भएपछि मैले पक्राउ गर्न स्वीकृति दिएको हुँ : प्रधानमन्त्री दाहाल

जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अदालतबाट पुर्जी जारी भएपछि मैले पक्राउ गर्न स्वीकृति दिएको हुँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफूले पनि अनुमति दिएको बताउनुभएको छ । विभन्न मिडियाका ३१ सम्पादकहरुको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री दाहाले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको जानकारी दिनुभएको हो ।

यसअघि आज बिहान प्रधानमन्त्री दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष रहेको र उहाँ अदालती प्रक्रियाबाट चाँडै छुट्ने बताउनुभएको थियो ।

सम्पादकहरुको तर्फबाट प्रतिनिधिको रुपमा प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाउन गएका थिए । सम्पादक प्रधानका अनुसार प्रधानमन्त्री दाहालले सम्पादकहरुबाट ध्यानाकर्षण पत्र बुझ्दै भन्नुभयो,‘म तपाईंहरुको माग प्रति संवेदनशील छु । अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ ।’

सत्ताको दुरुपयोग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा सम्पादकहरूले बुधबार प्रधानमन्त्रीलाई पाँचबुँदे पत्र बुझाएका हुन् ।

सम्बन्धित समाचार

कैलाश सिरोहिया निर्दोष हुनुहुन्छ : प्रधानमन्त्री दाहाल

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको पक्राउविरुद्ध प्रधानमन्त्रीलाई सम्पादकहरुको ध्यानाकर्षण

मिडिया सोसाइटीले भन्यो- सरकारले राज्यलाई मुठभेडतर्फ अगाडि बढाउने प्रयत्न गर्यो

कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारी निन्दनीय : नेपाल बार

अध्यक्ष सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्याइयो

कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तारीको विरोधमा थापाथलीमा नाराबाजी, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिरसहित)

गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

गृहमन्त्रीले सहकारीको रकम अपलचन गरेको पुष्टि हुने पर्याप्त प्रमाण छन् : नेपाली कांग्रेस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा

कैलाश सिरोहियाको गिरफ्तारी : पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण

कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ : विमला राई


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement