कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू ३७ वर्षपछि पक्राउ

फाल्गुन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू ३७ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू ३७ वर्षपछि पक्राउ परेका छन् । महाशिला गाउँपालिका-५ का ६२ वर्षीय तेजबहादुर गुरुङ र सोही स्थान बस्ने ५७ वर्षीय गम्भीर गुरुङलाई क्रमशः ललितपुर र भैरहवाबाट पक्राउ गरिएको हो ।

तेजबहादुर गुरुङ सहित अन्य ७ जनाले २०४४ फागुन ०७ गते आफन्तको विवाहमा सहभागी हुने क्रममा घर छेउको चौतारीमा लाठी र चक्कु समेतले प्रहार गरी दुई जनालाई कुटपिट गर्दा एकको मृत्यु भएको थियो । अर्का व्यक्ति गम्भीर घाइते भएका थिए ।

हालसम्म फरार रहेका दुवै प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सबै प्रतिवादीहरूलाई पर्वत जिल्ला अदालतबाट मिति २०५८ साल असार १३ गते जनही १०/१० वर्ष कैद सजाय फैसला भएको थियो । सोही बमोजिम सजाय भुक्तानको लागि दुई जनालाई कारागार कार्यालय पर्वत पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement