कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र प्रहरीद्वारा कार्यालय घेर्नु प्रतिशोधपूर्ण भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत राउतले गृहमन्त्री रवि लामिछानेले गरेको यो कदम अस्वीकार्य रहेको पनि बताउनुभएको छ ।

‘कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो,’ अध्यक्ष राउतले लेख्नुभएको छ, ‘रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस् ।’

यो पनि...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement