मिडिया सोसाइटीले भन्यो- सरकारले राज्यलाई मुठभेडतर्फ अगाडि बढाउने प्रयत्न गर्यो

जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
मिडिया सोसाइटीले भन्यो- सरकारले राज्यलाई मुठभेडतर्फ अगाडि बढाउने प्रयत्न गर्यो

काठमाडौं । सरकारले मिडियालाई सेल्फ सेन्सरसिपतर्फ धकेल्न खोजेको मिडिया सोसाइटीले जनाएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेको विरोधमा सोसाइटीले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले राज्यलाई मुठभेडतर्फ अगाडि बढाउने प्रयत्न गरेको दाबी गरेको हो ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले भन्नुभयो, ‘सरकारले मिडियालाई सेल्फ सेन्सरसिपतर्फ धकेल्न खोज्यो । राज्यलाई मुठभेडतर्फ अघि बढाउने प्रयत्न गर्‍यो ।’

सिरोहियाको गिरफ्तारीको विरोध गर्दै उहाँले तत्काल रिहा गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो । सरकारमा रहेकाहरुले गरेको बेथितिबारे बोलिरहेका मिडियाको मुख बन्द गर्ने प्रयास गरेको पनि सोसाइटीले ठहर गरेको छ ।

सोसाइटीले सरकार तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको पनि आरोप लगाएको छ । अध्यक्ष कँडेलले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सरकार तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको छ । नयाँ खालको अधिनायकवादी खतरनाक प्रवृत्ति देखिएको छ ।’

यो पनि...

कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारी निन्दनीय : नेपाल बार

अध्यक्ष सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्याइयो

कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तारीको विरोधमा थापाथलीमा नाराबाजी, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिरसहित)

गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

गृहमन्त्रीले सहकारीको रकम अपलचन गरेको पुष्टि हुने पर्याप्त प्रमाण छन् : नेपाली कांग्रेस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा

कैलाश सिरोहियाको गिरफ्तारी : पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण

कान्तिपुरमाथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ : विमला राई


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement