‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

काठमाडौं । नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल समाचार प्रकाशन गरेकै आधारमा गिरफ्तार गर्नु पुष्पकमल दाहाल सरकारको मूर्खता भएको बताउनु्भएको छ । उहाँले मिडियामाथिको आक्रमण सह्य नहुने पनि बताउनुभयो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्न कान्तिपुर मुख्यालयमै प्रहरी पुगेपछि कँडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले सत्ता र शक्तिको दुरुपयोग भएको पनि बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पनि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि बलजफ्ती गिरफ्तार गरेकामा आपत्तिसमेत जनाउनुभयो । यस्तै वरिष्ठ पत्रकार युवराज घिमिरे उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नियोजित षड्यन्त्र रहेको बताउनुभएको छ ।

यसैगरी नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पनि सिरोहिया पक्राउको घटना निन्दनीय र गृहमन्त्रीको इगोका रुपमा बुझ्न सकिने बताउनुभयो । नेपालको पत्रकारितालाई निमोठ्ने, मार्ने काम भएको उहाँको भनाइ छ । ‘राज्यले नांगो नाच देखायो, सिरोहियालाई पक्राउ गर्नु निन्दनीय छ,’ उहाँले भन्नुभयो ।

यस्तै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरकारको यो कदमको विरुद्धमा आफूहरु रहेको बताउनुभएको छ । ‘सरकारले लोकतन्त्र र प्रेस स्वतन्त्रताको उपहास गर्यो,’विष्टले भन्नुभयो । महासंघ सरकारको यो कदमको विरुद्धमा उत्रिने पनि प्रतिक्रिया दिनुभयो ।

यो पनि...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement