लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन : सांसद विष्ट

फाल्गुन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन : सांसद विष्ट

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले लोकतन्त्रको विकल्प प्रतिगमन र राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद विष्टले लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्र हुनसक्ने बताउनुभयो ।

उहाँले नेपाली राजनीतिमा समेत सुधारको आवश्यकता रहेको बताउँदै एउटा बोल्ने अर्को गर्ने प्रवृत्तिलाई सुधार्न सकिए मात्र राजनीतिलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले योग्यता अनुसारको काम र काम अनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सकेमात्र नेपाली राजनीतिमा आशा जगाउन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, “नेपालको राजनीतिमा हामीले जे बोल्छौं त्यही गर्ने गरी सुधार्न जरुरी छ । नेपालको राजनीतिलाई समृद्ध पार्न जरुरी छ । आज हामीले राजनीतिक नियुक्तिमा होस् चाहे अरू प्रकारका कामहरूमा होस् । योग्यता अनुसारको काम र काम अनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सक्यौं भने मात्रै हामी नेपाली राजनीतिमा आशा जगाउन सक्छौं ।”

उहाँले वर्तमान सरकार गठन भएयता मुलुकमा सकारात्मक परिवर्तनहरू देखापरेको उहाँको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement