गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई प्रतिशोध साँध्न गृहमन्त्री रवि लामिछानेको निर्देशनमा गिरफ्तार गरिएको बताउनुभएको छ ।

प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट गिरफ्तार गरेर लैजाने क्रममा सिरोहियाले प्रतिशोध स्वरुप गृहमन्त्रीले आफूसँग रिस साँधेको दाबी गर्नुभयो । सहकारी ठगीको समाचार लेखेकै कारण आफूलाई गिरफ्तार गरिएको अध्यक्ष सिरोहियाको दाबी छ ।

उहाँले गृहमन्त्री लामिछानेसँग दुईवटा पासपोर्ट रहेको तर पक्राउ नगरिएकोमा आपत्ति जनाउँदै भन्नुभयो, ‘२/२ वटा नगारिकता बोक्ने गृहमन्त्री, सहकारी रकम अपचलन गर्ने गृहमन्त्रीलाई तत्काल पक्राउ गरियोस् ।’

उहाँले गृहमन्त्री लामिछानेको नाममा राहदानीसम्बन्धी मुद्दामा भोलि नै पक्राउ पुर्जी जारी हुनेमा आफू विश्वस्त भएको पनि बताउनुभयो । सत्ता र शक्तिको दुरुयोग गरिएको भन्दै सिरोहियाले आफूमाथिको धरपडकडलाई सञ्चारमाध्यममाथिको आक्रमण भएको बताउनुभयो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्न कान्तिपुरको मुख्यालय थापाथली पुग्नुभएको थियो । सिरोहियालाई आजै धनुषा लगिँदै छ ।

यो पनि...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

गृहमन्त्रीले सहकारीको रकम अपलचन गरेको पुष्टि हुने पर्याप्त प्रमाण छन् : नेपाली कांग्रेस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement