म्यानचेस्टर युनाइटेडद्वारा नयाँ स्टेडियम निर्माण गर्ने महत्वकांक्षी योजना सार्वजनिक

फाल्गुन २८, २०८१ |खेल ब्युरो
म्यानचेस्टर युनाइटेडद्वारा नयाँ स्टेडियम निर्माण गर्ने महत्वकांक्षी योजना सार्वजनिक

काठमाडौै । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक लाख दर्शक क्षमताको नयाँ स्टेडियम निर्माण गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

युनाइटेडका सह-मालिक सर जिम र्याटक्लिफले विश्वकै उत्कृष्ट फुटवल स्टेडियम बनाउने बताएका छन् । हाल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड नजिकै नयाँ स्टेडियम निर्माण गरिने बताइएको छ ।

फोस्टर प्लस पार्टनर्ससँग गत सेप्टेम्बरमा क्लबले प्राजेक्टको मास्टर प्लान बनाउनका लागि सहकार्य गरेको थियो । क्लबले नयाँ स्टेडियमको आर्किट्रेक्चरल डिजाइन सार्वजनिक गरेको छ ।

जसअनुसार स्टेडियम छाता आकारको हुनेछ । स्टेडियम निमार्णका लागि दुई अर्ब पाउन्ड खर्च लाग्ने जनाइएको छ । तर क्लबले उक्त रकम कहाँबाट कसरी जुटाउँछ भन्ने बारे भने खुलाएको छैन ।

स्टेडियम निर्माण सुरु भएसँगै ९२ हजार नयाँ रोजगारी सिर्जना हुने क्लबको भनाइ छ । यो स्टेडियमले बेलायती अर्थतन्त्रमा वाषिर्क सात दशमबल तीन अर्ब पाउन्ड रकम सहयोग पुर्याउने उल्लेख गरिएको छ ।

स्टेडियमको निमार्ण कहिलेबाट सुरु हुने भन्ने पनि खुलाइएको छैन् । तर पाँच वर्षमा निर्माण सम्पन्न गर्ने क्लबको योजना छ । योसँगै ओल्ड ट्राफोर्डको भविष्य के हुने र महिला टिमले नयाँ स्टेडियममा खेल्छ कि खेल्दैन भन्ने पनि प्रष्ट पारिएको छैन ।



Enter Kantipur TV HD
Advertisement