काठमाडौै । युवा खेलाडी लमिन यामल स्टार परर्फमरका रुपमा रहँदा बार्सीलोनाले, बेन्फिकामाथि समग्रमा ४-१ गोलको जित हात पार्दै च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ ।
घरेलु मैदानमा गएराति भएको दोस्रो लेगमा बार्सीलोनाले बेन्फिकालाई ३-१ गोलले पराजित गरेको हो । १७ वर्षिय यामलले, एघारौं मिनेटमा राफिन्हाको गोलका लागि उत्कृष्ट असिस्ट गरेका थिए ।
१३औं मिनेटमा बेन्फिकाका निकलस ओटोमेन्डीले हेडर गोल गर्दै राफिन्हाले दिलाएको अग्रता रद्ध गरिदिएका थिए । तर २७ औं मिनेटमा यामलले पुन बार्सीलोनालाई खेलमा अघि बढाए ।
योसँगै १७ वर्ष दुई सय ४१ दिनका यामल, च्याम्पियन्स लिग नक आउटमा गोल र असिस्ट गर्ने सवैभन्दा कम उमेरका खेलाडी बेनका छन् । ४२ औं मिनेटमा राफिन्हाले ब्यक्तिगत दोस्रो गोल गरेपछि बार्सीलोना जारी सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको थियो ।
यस्तै बार्यन म्युनिखले पनि क्वाटरफाइनल यात्रा तय गर्दा बायर लिभरकुसेनलाई पाँच शुन्य गोलको फराकिलो अन्तरले हरायो । गएराति भएको दोस्रो लेगमा बार्यन दुई शुन्यले विजयी भएको थियो ।
बार्यन ३-० गोलको अग्रतासहित मैदान उत्रिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ५२औं मिनेटमा हेरी केनले डेडलक तोडे ।
जारी सिजन युरोपको सवैभन्दा ठुलो क्लब फुटवल प्रतियोगितामा केनको एघार खेलमा यो दशौं गोल हो । ७१औं मिनेटमा अल्फन्सो डेभिसको गोलपछि बार्यन सहज जितका साथ अघिल्लो चरण पुगेको हो ।
इन्टर मिलानले पनि फाइनर्ड माथि समग्रमा चार एक गोलको जित हात पार्यो । दोस्रो लेगमा इन्टरले फाइनर्डलाई २-१ गोलले हराउँदा मार्कस थुराम र हाकनले एक एक गोल गरे । फाइनर्डका जाकुब मोर्डरले एक गोल फर्काएका थिए ।