लिभरपुललाई पेनाल्टीमा हराउँदै पीएसजी युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

फाल्गुन २८, २०८१ |खेल ब्युरो
लिभरपुललाई पेनाल्टीमा हराउँदै पीएसजी युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौै । पेरिस सेन्ट जर्मेन-पिएसजीले, लिभरपुललाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । पिएसजी उस्मान डेम्बेलेले बराबरी गोल फर्काएपछि रोमान्चक बनेको खेलमा गोलकिपर डोनारुम्मा नायक सावित भए ।

पिएसजीको मैदानमा भएको अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले १-० गोलको अग्रता लिएको थियो ।

एनफिल्डमा गएराति भएको दोस्रो लेगमा पिएसजीले खेल बराबरी गर्यो । १२ औं मिनेटमा डेम्बेलेको गोलमार्फत पिएसजी खेलमा फर्किएको थियो । यो लिभरपुलले सन २०१७ पछि एनफिल्डमा च्याम्पियन्स लिगमा खाएको सबैभन्दा छिटो गोल पनि हो ।

त्यसपछि बाँकी समयमा लिभरपुलले विपक्षीको डिफेन्डसलाइ तोड्न नसक्दा पाहुना टिमले भने लगातार चुनौती दिएको थियो । दोस्रो हाफमा लिभरपुलले पुनरागमन गर्ने पयास गरेपनि सफल भएन ।

अन्तिम समयमा पिएसजी गोलकिपर डोनारुम्मा ब्यस्त बनेका थिए । ९० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि , अतित्तिर समयमा धकेलियो । त्यसमा पनि दुवै टिम अग्रता लिन असफल भए ।

थप गरिएको ३० मिनेटमा पिएसजीले उत्कष्ट प्रदर्शन गर्दा लिभरपुल गोलपिकर एलिसनले डेम्बेलेको सशत्त प्रहारको बचाउ गरेका थिए । पेनाल्टी सुटआउटमा पिएसजीका सवै खेलाडीले गोल गरेका थिए । लिभरपुलका डाविन नुनियाज र कर्टिस जन्स पेनाल्टिमा चुके ।

उनीहरुको प्रहार पिएसजी गोलकिपर डोनारुम्मोले विफल पारिदिएका हुन् । पिएजीका लागि १९ वषिर्य सब्सिच्युट डिजिरे डुवेले विजयी पेनाल्टी प्रहार गरेका थिए । पिएसजी पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ ।