युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदै

नेपालले आजै लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्ने
फाल्गुन २८, २०८१ |खेल ब्युरो
युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदै

काठमाडौै । युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन् । नेपालले आजै लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ । नेपालका लागि शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आज जित आवश्यक छ ।

तीन खेलमा दुईमा हार र एकमा जित हात पारेको नेपाल दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नामिबियाको पनि दुई अंक नै छ ।

यसअघि लिगको पहिलो चरणमा भएको भेटमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । नेपाल युगान्डामाथि एक विकेटको रोमान्चक जित हात पार्दै खेलमा फर्किएको थियो ।

तर हङकङसंग दुई रनको झिनो हार बेहोर्यो । जारी प्रतियोगितामा नेपालले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । युगान्डा चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको हङकङको पनि चार अंक नै छ । आजै युगान्डा र हङकङ बीच पनि खेल हुनेछ ।



Enter Kantipur TV HD
Advertisement