कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ । सभापति देउवाले मिडियालाई तर्साउने उदेश्यसहितको सरकारको यो निर्णय खेदजनक रहेको बताउनुभएको छ ।

'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो,' सभापति देउवाले लेख्नुभएको छ, 'मिडियालाई तर्साउने उदेश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ ।'

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले आज थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement