रूसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका पूर्व वडाध्यक्षको मृत्यु

फाल्गुन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
रूसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका पूर्व वडाध्यक्षको मृत्यु

रोल्पा । अवैध रुपमा रूस पुगेर सेनामा कार्यरत रोल्पाका तिर्खबहादुर बुढाथोकीको मृत्यु भएको छ ।

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमा कसलाका ४४ वर्षीय बुढाथोकीको युक्रेनी सेनाको ड्रोन आक्रमणमा परेर गत फागुन २४ गते ज्यान गएको हो ।

बुढाथोकी अवैध रुपमा २०८० असोजमा रुसी सेनामा भर्ना हुन रुस पुग्नुभएको थियो । करिब डेढ वर्षदेखि रुसी सेनामा कार्यरत बुढाथोकीको बुवाआमा, श्रीमती, एक छोरी र एक छोरा छन् । तिर्खबहादुरको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेको छ ।

बुढाथोकी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सुनछहरी गाउँपालिका-५ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ सालको निर्वाचनमा पुनः वडा अध्यक्ष उम्मेदवार बने पनि पराजित भएपछि बुढाथोकी रुस गएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement