काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले गिरफ्तार गरेको छ । अध्यक्ष सिरोहियालाई प्रहरीले थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाट अहिले भरखर गिरफ्तार गरेको हो ।
एसएसपी सानुराम भट्टराईको नेतृत्वमा गएको प्रहरीले सिरोहियालाई गिरफ्तार गरेको हो । पक्राउअघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाउनुभएको थियो ।
‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो,’ विज्ञप्तिमार्फत अध्यक्ष सिरोहियाले भन्नुभएको छ, ‘तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ ।’
सिरोहियाले आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट्याउनुभएको छ । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उहाँको भनाइ छ ।
यो पनि...
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी