कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया बदनियतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्न पक्राउ गरिएको बताउनुभएको छ । महामन्त्री थापाले आज सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै यस्तो बताउनुभएको हो ।

‘प्रस्ट छु, कानुनभन्दा माथि कोही छैन र हुँदैन,' उहाँले लेख्नुभएको छ, 'गल्ती गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ । म यसमा पनि प्रस्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुनविपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो बदनियतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र हो ।’

उहाँले अध्यक्ष सिरोहियाको पक्राउ आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास भएको बताउनुभएको छ । ‘मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो,’ महामन्त्री थापाले लेख्नुभएको छ ।

यो पनि...

कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तारीको विरोधमा थापाथलीमा नाराबाजी, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिरसहित)

गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

गृहमन्त्रीले सहकारीको रकम अपलचन गरेको पुष्टि हुने पर्याप्त प्रमाण छन् : नेपाली कांग्रेस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement