के इजरायल–हिजबुल्लाह अस्थायी युद्धविरामले स्थायित्व पाउला ?

पुस १८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
के इजरायल–हिजबुल्लाह अस्थायी युद्धविरामले स्थायित्व पाउला ?

काठमाडौं । इजरायल–हमास युद्ध सुरू भएकै भोलिपल्टदेखि इजरायल–हिजबुल्लाह युद्ध पनि सुरू भएको थियो । हिजबुल्लाहमाथि सुरूमा इजरायलले छिटफुट आक्रमण गरेको इजरायलले झन्डै एक वर्षपछि उक्त समूहमाथि पूर्ण आक्रमण थाल्यो, जसमा १५ सयभन्दा बढी मानिस मारिए । तर, अमेरिकाको पहलमा ६० दिने युद्धविराम भएको छ । के अस्थायी युद्धविरामले स्थायित्व पाउला त ?

हमास विरुद्ध इजरायली आक्रमण जारी रहेकै बेला लेबनानी लडाकु समूह हिजबुल्लाहले पनि इजरायल लक्षित आक्रमण गरिरह्यो । इजरायली सेनाले पनि त्यसको जवाफ दिँदै गयो । तर, हमासलाई कमजोर पारेपछि इजरायली सेनाले पूर्ण रूपमा हिजबुल्लाह लक्षित आक्रमण थाल्यो । जसका कारण लेबनानमा पनि युद्धको त्रासदी सुरू भयो । हिजबुल्लाह उत्तरी इजरायलबाट नहटेसम्म र आफ्ना नागरिकलाई पुनः स्थापित नगरेसम्म इजरायलले आक्रमण जारी राख्ने बताएको थियो ।

इजरायलले हिजबुल्लाह समूह लक्षित पेजर र वाकिटकी विस्फोट गरायो, जसमा ५२ मानिस मारिए भने हजारौँको संख्यामा घाइते भए । लगत्तै इजरायली सेनाले भीषण हवाई आक्रमण गर्यो । लेबनानको बेरुतमा इजरायलले गरेको आक्रमणमा लामो समयदेखि हिजबुल्लाहको नेतृत्व गरिरहेका हसन नसरुल्लाहको समेत मृत्यु भयो । आक्रमणमा ७ सयभन्दा बढीको मृत्यु भयो । युद्ध थप भड्किने भन्दै लेबनानबाट लाखौं मानिस पलायन भएका छन् ।

अमेरिका, बेलायत लगायत १२ पश्चिमा राष्ट्रले २१ दिने युद्धविरामको प्रस्ताव अघि सारे पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना सेनालाई पूर्ण शक्तिका साथ लेबनानमा आक्रमण गर्न आदेश दिए । हिजबुल्लाहले समेत पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्यो, जसमा मिसियो इरान । इरानले हमास र हिजबुल्लाहको समर्थनमा इजरायलमा व्यापक हवाई हमला गर्यो । जसको मूल्य इरानले समेत चुकाउनु पर्‍यो । त्रिकोणात्मक द्वन्द्वमा इरान मिसिए पनि इजरायल नै युद्धमा हावी रह्यो । इजरायललाई जवाफ दिने भन्दै इरानले आक्रमणको तयारी गरिरहेकै बेला एकाएक लेबनान पुगेका अमेरिकी दूतले ६० दिने युद्धविरामको प्रस्ताव पेश गरे । तर, इजरायल तयार थिएन ।

त्यसलगत्तै पश्चिम एसियाको भ्रमण गर्नुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेटवार्ता गर्दै हिजबुल्लाहसँग युद्धविराम गर्न सुझाउनुभयो । लगत्तै इजरायली प्रधानमन्त्रीले आफ्नो सुरक्षा मन्त्रिपरिषद्‌मा उक्त प्रस्ताव लैजानुभयो, जसलाई मन्त्रिपरिषद्ले मतदान गर्दै प्रस्ताव पारित गर्यो । यो द्वन्द्व तत्कालका लागि स्थगित छ । तर, दुवै पक्षले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएको कारण ६० दिने युद्धविरामले स्थायित्व पाउला कि नपाउला भन्ने अन्योल भने कायमै छ ।

यो पनि हेर्नुहोस :

सन् २०२५ मा अन्त्य होला इजरायल-गाजा युद्ध ?

वर्ष २०२४ : आक्रामक विद्युतीय कारबाहीका अगाडि टिक्न नसकेको असदको शासन

गाजाका महिला र बालबालिका लागि कहालीलाग्दो त्यो १४ महिना

फर्केर हेर्दा सन् २०२४ : शेख हसिनालाई देश छोड्न बाध्य बनाउने विद्यार्थी आन्दोलन

इजरायल–हमास युद्धमा सबैभन्दा बढी महिला र बालबालिका मारिए

सन् २०२४ मा ककसले जिते नोबेल पुरस्कार ?

वर्ष २०२४ लाई फर्केर हेर्दा : अन्तरीक्ष अभियानमा के-के भयो ?

वर्ष २०२४ : निर्वाचनमय बनेको विश्व

सन् २०२४ : हवाई क्षेत्रका लागि दुखद् वर्ष

वर्ष २०२४ : टेनिसका लागि कस्तो रह्यो ?

सन् २०२४ मा विश्व फुटबलमा के के भयो ?

वर्ष २०२४ : विश्व क्रिकेटका लागि कस्तो रह्यो ?

वर्ष २०२४ : प्राकृतिक विपत्तिले कहाँ, कस्तो क्षति पुर्‍यायो ?

वर्षको उत्तरार्धमा अशान्त रहेको दक्षिण कोरिया



Enter Kantipur TV HD
Advertisement