वर्ष २०२४ : आक्रामक विद्युतीय कारबाहीका अगाडि टिक्न नसकेको असदको शासन

पुस १८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
वर्ष २०२४ : आक्रामक विद्युतीय कारबाहीका अगाडि टिक्न नसकेको असदको शासन

काठमाडौं । वर्षको अन्त्यतिर सिरियामा भएको चामत्कारिक सत्तापलटले विश्वको ध्यान आकृष्ट गर्‍यो । १३ वर्षदेखि जारी गृहयुद्धलाई झेल्दै अदभ्य रुपमा शासन चलाउँदै आएका बसर अल असदको शासन विद्रोही एचटीएसको आक्रामक विद्युतीय कारबाहीका अगाडि १३ दिनमै गर्‍ल्यामगुर्लुम्म ढल्यो ।

उत्तरी शहर अलेप्पो कब्जा गर्दै अघि बढेको विद्रोही समूहले क्रमशः हामा र होम्स शहर नियन्त्रणमा लिँदै अन्ततोगत्वा डिसेम्बर ८ मा राजधानी दमास्कस कब्जा गर्‍यो । असद विमान चढेर भाग्दै मस्कोमा शरण लिन पुग्नुपर्‍यो। समयमा तलब नपाउने, पाए पनि निकै कम पाउनेलगायतका समस्या झेलिरहेको असदको सेनाले नगन्य मात्र प्रतिकार गर्‍यो र मैदान छाडेर पछि हट्यो । योसँगै विश्वलाई नै आश्चर्यमा पार्दै सिरियाको राज्यसत्ता विद्रोहीले कब्जा गर्‍यो ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले छिमेकीको शत्रुतापूर्ण अधिग्रहण गरेको भन्दै एचटीएसका पछाडी टर्किएको समर्थन रहेको आरोप लगाउनुभयो । यद्यपी अंकाराले त्यसलाई अस्वीकार गर्‍यो ।

त्यसो त अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आतंककारीको सूचीमा रहेको एचटीएससँग आफ्नो देश सम्पर्कमा रहेको बताउनुभएको छ । तर उहाँले सत्तापलटपछि वा पहिलेदेखि सम्पर्क थियो भन्ने चाहिँ खुलाउनुभएन । रुसी दाबीलाई हेर्ने हो भने विद्रोहीको यो आश्चर्यजनक विजयमा अमेरिकाको मौन साथ र सहयोग रहेको अनुमान गर्न सकिन्छ ।

वर्षको अन्त्यतिर भएको यो घटनाले असदको सत्ता टिकाउनमा प्रत्यक्ष सहयोग गर्दै आएको रुस र राष्ट्रपति भ्लादिमिर पुटिनको तेजोबध नै गरेको छ । अझ युक्रेनी गुप्तचर एजेन्सी एसबीयूले मस्कोमै बम विस्फोट गराएर वरिष्ठ सैन्य जनरल इगोर किरिलोभको हत्या गरेको घटनाले पुटिनलाई थप निस्तेज पारेको अनुमान गर्न कठिन हुँदैन ।

सिरियाको भविष्य अब के हुन्छ भन्ने पनि स्पष्ट छैन । एचटीएस कट्टरपन्थी इस्लामिक समूह हो । यद्यपी पछिल्लो समयमा उसले आफूलाई सुधारिएको रुपमा प्रस्तुत गर्दै आएको छ । तर अहिले पनि सिरियाली नागरिक विश्वस्त छैनन् । कतै अफगानिस्तानका तालिबानले झैं एचटीएसले पनि सिरियामा कट्टर इस्लामिक शासनको अभ्यास गर्ने त होइन भन्ने डर छ ।

यो पनि हेर्नुहोस :

गाजाका महिला र बालबालिका लागि कहालीलाग्दो त्यो १४ महिना

फर्केर हेर्दा सन् २०२४ : शेख हसिनालाई देश छोड्न बाध्य बनाउने विद्यार्थी आन्दोलन

इजरायल–हमास युद्धमा सबैभन्दा बढी महिला र बालबालिका मारिए

सन् २०२४ मा ककसले जिते नोबेल पुरस्कार ?

वर्ष २०२४ लाई फर्केर हेर्दा : अन्तरीक्ष अभियानमा के-के भयो ?

वर्ष २०२४ : निर्वाचनमय बनेको विश्व

सन् २०२४ : हवाई क्षेत्रका लागि दुखद् वर्ष

वर्ष २०२४ : टेनिसका लागि कस्तो रह्यो ?

सन् २०२४ मा विश्व फुटबलमा के के भयो ?

वर्ष २०२४ : विश्व क्रिकेटका लागि कस्तो रह्यो ?

वर्ष २०२४ : प्राकृतिक विपत्तिले कहाँ, कस्तो क्षति पुर्‍यायो ?

वर्षको उत्तरार्धमा अशान्त रहेको दक्षिण कोरिया



Enter Kantipur TV HD
Advertisement