आईसीसी टी-२० विश्वकप एसिया छनाेट : यूएईमाथि ओमानकाे जित

आश्विन २७, २०८२ |खेल ब्युरो
आईसीसी टी-२० विश्वकप एसिया छनाेट : यूएईमाथि ओमानकाे जित

काठमाडौं । ओमानले आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा लागतार चौथो जित हाासिल गर्दै विश्वकपको नजिक पुगेको छ। 

सुपर सिक्समा ओमानले यूएईलाई ५ विकेटले हराएर विश्वकप छनोटमा बलियो पकड बनाएको हो। जितसँगै ओमान ६ अंक जोडेर तालिकाको शीर्षस्थानमा कायम छ। अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकोको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १२ रन बनाएको थियो।

खेलमा कमजोर सुरूआत गरेको यूएईले इनिङभरी नै कमब्याक गर्न सकेन्। ओमानका फैजल साहले जोनाथन फिगीलाई गोल्डेन डक गरे। अलिशान सराफू ८ र राहुल चोप्रा सात रनमै आउट हुँदा यूएईले तीन विकेट क्षतिमा ३४ रन मात्रै बनाएको थियो। 

कप्तान वासिमले ३५ बल खेलेर २२ रन बनाए। इरफानले १७, हर्षित कौशिकले १८, ध्रुव परासरले १७ र जाहिद अलीले अविजित १८ रन बनाएपछि यूएईले एक सय २१ रनको लक्ष्य दिन सकेको हो। ओमानका पाँच बलरले एक-एक विकेट बाँडेका थिए भने कौशिक र परासर रनआउट भएका थिए।

जवाफमा ओमानले ठिकठाक सुरूआत गरे पनि सानदार फिनिसिङ गरेर खेल आफ्नो पक्षमा पारेको हो। ओपनर अमिर कलिम १४ रन बनाएर आउट हुँदा ओमानले ४३ रन जोडिसकेको थियो। जतिन्दर सिंहले ३३ रनको योगदान गरे भने। त्यसपछि मोहम्मद नदिम र अमिद मिर्जाले पनि समान १४-१४ रनको योगदान गर्न सके। 

नदिम खानले अन्तिममा सानदार फिनिसिङ गरेपछि ओमानले जित हासिल गरेको हो। नदिमले १६ बलमा दुई चौका र तीन छक्कासहित ३० रनको आक्रामक पारी खेलेका हुन्। यूएईका लागि परासर, कौशिक, इरफान र अलीले समान एक-एक विकेट लिएका थिए। 

यो जितसँगै ओमानले ६ अंक बनाएको छ भने यूएईको दुई अंक मात्रै छ। यूएई आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भएको थियो भने ओमानले कतारलाई हराएको थियो।