वर्ष २०२४ : टेनिसका लागि कस्तो रह्यो ?

पुस १५, २०८१ |विनयज्योति सापकोटा
वर्ष २०२४ : टेनिसका लागि कस्तो रह्यो ?

काठमाडौं । टेनिसमा यो वर्ष यान्निक सिनर, कार्लोस अल्काराज र आर्यना सबलेङ्काको वर्चस्व रहृयो । नोभाक जोकोविचले सर्बियाका लागि ओलम्पिकमा स्वर्ण पदक जिते । अमेरिकी टेनिस समर्थकका लागि यो वर्ष पनि निरस रहँदा सिमोना हालेपको डोपिङले पनि समर्थकलाई खुसी दिएन् । डेभिस कपमा इटालीको प्रदर्शन उत्कृष्ट रहृयो भने दुई महान खेलाडीले टेनिसबाट संन्यास लिए । 

अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै टेनिसको पनि नयाँ सिजन सुरु हुन्छ । ग्राण्डस्लमको मान्यता पाएका अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन र युएस ओपन विश्वका प्रख्यात टेनिस प्रतियोगिता हुन् । विश्वका स्टार खेलाडी सहभागी बन्ने ग्राण्डस्लाम धेरै दर्शकको रोजाईमा पर्छन् ।

वर्ष २०२४ मा पनि टेनिसको सिजन अस्ट्रेलियन ओपनसँगै सुरु भयो । १ सय १२ वर्षको इतिहास भएको अस्ट्रेलियन ओपन यान्निक सिनरले जितेर शानदार कमब्याक गरे । फाइनलमा ड्यानियल मेद्भेदेवलाई पाँच सेटमा हराएर उनले उपाधि जितेका हुन् । पछिल्लो १५ वर्षमा नोभाक जोकोविच, राफाल नाडाल र रोजर फेडेररको बर्चस्व तोड्दै उनले उपाधि जितेका हुन् । यो वर्ष सिनरको उदयका रुपमा हेरियो ।

आर्यना सबलेङ्काले अस्ट्रेलियन ओपनरमा अतुलनिय प्रदर्शन् गरिन् । चीनकी झेङ क्विनवेनलाई हराएर उनले आफ्नो ट्रफी क्याबिनेटमा दोस्रो ट्रफी राखिन् । भिक्टोरियामा लगातार दुई उपाधि जित्ने पछिल्लो दशककै पहिलो खेलाडी बनिन् सबेलेङ्का ।

पुरुषतर्फ युवा खेलाडीको बर्चस्व रहँदै गर्दा, कार्लोल अल्काराजले फ्रेन्च ओपन जिते । तीन फरक मैदानमा ग्राण्डस्लाम जित्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । प्रतिस्पर्धात्मक फाइनलमा उनले जर्मनका अलेक्जेन्डर ज्वेरेभलाई हराएका थिए । युएई ओपन र विम्बल्डनपछि अल्काराजले तेस्रो उपाधि जित्दा अहिलेसम्म पहिलो उपाधि जित्न नसकेका ज्वेरेभको अनुहारमा प्रस्ट निराशा देखिन्थ्यो ।

क्विन अफ क्ले मानिएको फ्रेन्च ओपनमा महिलातर्फको उपाधिमा इगा स्वान्तेकले कब्जा जमाइन् । जस्मिन पाओलिनीलाई फाइनलमा हराएर स्वान्तेकले लगातार तेस्रो पटक । रोनाल्ड ग्यारोजमा २१ खेलको अपराजित यात्रामा स्वान्तेकको लागि शानदार रहृयो ।

विम्बल्डनको पुरुषतर्फ लगातार दुई वर्ष अल्काराज र नोभाक जोभोबीच भिडेका थिए । यो वर्षको बिम्बल्डनमा अल्काराजले जोकोविचलाई हावी हुन दिएनन् । नेल-बिटिङ फिनिसमा अल्कारजले केरियरको चौथो उपाधि जिते । ग्रास कोर्टमा महिलातर्फको उपाधि चाहिँ बाबोरुरा क्रेजाकोभाका नाममा रहृयो ।

अमेरिकामा हुने युएस ओपन जित्ने पहिलो इटालियन बने यान्निक सिनर । सिजनको दोस्रो उपाधि जित्ने क्रममा उनल टेलर फिट्जलाई तेस्रो सेटमा नै हराए । उनले २१ वर्षपछि पनि अमेरिकी खेलाडीलाई उपाधि जित्नबाट रोकेपछि घरेलु समर्थक स्तब्ध भएका थिए । डोपिङको कारण प्रतिबन्धमा पर्नबाट बचेका उनले उपाधि जितेर आफ्नो ओलोचनालाई उपाधि उत्सवमा बदलेका थिए। महिलातर्फको फाइनलमा भने जेसिका पेगुलालाई हराएर सबलेङ्काले उपाधि आफ्नो नाममा गरिन् ।

पेरिसमा भएको ओम्पिकको टेनिसतर्फ भने नोभाक जोकोविचले स्वर्ण पदक जिते । वर्षमा ग्राण्डस्लम नजिते भए पनि उनले ओलम्पिकमा स्वर्ण जितेर आफ्नो सफलतालाई थप उचाइमा पुर्याएका थिए ।

यही वर्ष रफायल नाडालले पनि संन्यास लिए । दुई दशक विश्व टेनिसमा राज गरेका नाडालले घुँडाको चोटपछि फर्किएर पनि खास प्रदर्शन गर्न सकेनन् ।

लगातारको चोटले उनी पटक-पटक खेलकुद बाहिर भइरहे । अन्तत २२ ग्राण्डस्लम विजेताले टेनिस र्याकेट थन्क्याए । यही वर्ष एन्डि मुरे पनि खेलाडीबाट प्रशिक्षक बनेका छन् । धेरै पटक संन्यासको घोषणा गरेका उनी लामो समयता घुँडाको चोटले सताइएका थिए । उनले सन् २०१५ मा पनि संन्यासको घोषणा गरेका थिए । २०१९ मा र २०२३ पनि संन्यास लिने संकेत गरेका थिए । तर यो वर्ष उनले अब खेलाडीका रुपमा कोर्टमा नफर्किने घोषणा गरे पनि सन् २०२५ मा जोचोविचलाई प्रशिक्षण गर्नेछन् ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement