गाजाका महिला र बालबालिका लागि कहालीलाग्दो त्यो १४ महिना

पुस १८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजाका महिला र बालबालिका लागि कहालीलाग्दो त्यो १४ महिना

काठमाडौं । इजरायली आक्रमणबाट गाजामा सबैभन्दा बढी महिला र बालबालिका मारिएका छन् । विशेषगरी बालबालिका पढ्ने विद्यालय ध्वस्त भएका छन् भने अस्पतालहरुसमेत इजरायली निशानामा पर्दा प्यालेस्टिनीहरु स्वास्थ्य सुविधाबाट समेत वञ्चित भइरहेका छन् । यसले गाजामा ठूलो मानवीय संकट सिर्जना भएको छ । युद्धका कारण गाजाको एउटा पुस्ता नै प्रभावित भएको छ ।

इजरायल–हमास युद्धले सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएका छन् । हालैको तथ्यांक अनुसार युद्धको १४ महिनाको अवधिमा ११ हजार बालबालिका र ६ हजार महिलाको मृत्यु भइसकेको छ । यति हुँदा पनि इजरायलले हमासलाई पूर्ण रुपमा पराजित नगरेसम्म गाजामा आक्रमण जारी रहने स्पष्ट पारेको छ ।

इजरायली आक्रमणले गाजाको शरणार्थी शिविर, विद्यालय, अस्पताल तथा मानवीय सहायता केन्द्रहरुमा सबैभन्दा धेरै क्षति पुगेको छ । इजरायली आक्रमणबाट क्षतिग्रस्त गाजा पुनःनिर्माण गर्न कति समय लाग्छ, यकिन छैन । जसले गर्दा गाजाको नयाँ पुस्ताले थुप्रै समस्या झेल्नु पर्ने देखिन्छ ।

खासगरी, बालबालिकाहरुले आफ्ना अभिभावक गुमाएका छन्, कैयौं घाइते भएका छन् । बाँचेकाहरु पनि विद्यालय जान पाएका छैनन् भने उनीहरु उचित स्वास्थ्य उपचारबाट समेत बञ्चित भएका छन् ।

रोग फैलिने र संक्रमण सिर्जना हुने समेत अवस्था सिर्जना हुँदै गएको छ । बालबालिकाहरुले युद्ध, आक्रमण, बिस्फोट झेलेका छन्, आफ्नै आँखा अगाडि आफन्त गुमाएका छन् । यस्तोमा, उनीहरु कस्तो मानसिक अवस्थामा छन् भन्ने लेखाजोखा नै छैन । जसले गर्दा यो युद्धले गाजाको एउटा पुस्ताकै भविष्यमाथि नै प्रश्न खडा भएको छ ।

अन्तर्राष्ट्रिय समूदायले इजरायललाई कारवाही बन्द गर्न बारम्बार खबरदारी गरे पनि आक्रमण भने रोकिएको छैन । अमेरिका, कतार र इजिप्टको पहलमा पुनः वार्ता भइरहेको छ । युद्धविराम भएपनि त्यहाँको दैनिक जीवन सामान्य अवस्थामा आउन वर्षौ लाग्ने अनुमान गरिएको छ ।

यो पनि हेर्नुहोस :

फर्केर हेर्दा सन् २०२४ : शेख हसिनालाई देश छोड्न बाध्य बनाउने विद्यार्थी आन्दोलन

इजरायल–हमास युद्धमा सबैभन्दा बढी महिला र बालबालिका मारिए

सन् २०२४ मा ककसले जिते नोबेल पुरस्कार ?

वर्ष २०२४ लाई फर्केर हेर्दा : अन्तरीक्ष अभियानमा के-के भयो ?

वर्ष २०२४ : निर्वाचनमय बनेको विश्व

सन् २०२४ : हवाई क्षेत्रका लागि दुखद् वर्ष

वर्ष २०२४ : टेनिसका लागि कस्तो रह्यो ?

सन् २०२४ मा विश्व फुटबलमा के के भयो ?

वर्ष २०२४ : विश्व क्रिकेटका लागि कस्तो रह्यो ?

वर्ष २०२४ : प्राकृतिक विपत्तिले कहाँ, कस्तो क्षति पुर्‍यायो ?

वर्षको उत्तरार्धमा अशान्त रहेको दक्षिण कोरिया



Enter Kantipur TV HD
Advertisement