काठमाडौं । वर्ष २०२४ विश्व क्रिकेटका लागि विशेष रह्यो । टी-ट्वान्टी विश्व कपदेखि आईसीसीको नेतृत्व परिवर्तन, ठूला खेलाडीको सन्यासदेखि आईसीसी लिग टुमा क्यानडाको प्रदर्शन र जाम्बियाविरुद्ध जिम्बाब्वेले बनाएको कीर्तिमानी ३ सय ४४ सम्मका घटना भए । यसबाहेक यो वर्ष च्याम्पियन्स ट्रफीलाई लिएर भारत-पाकिस्तानको रस्सा कस्सि ।
वर्ष २०२४ मा विश्व क्रिकेटको सबैभन्दा ठूलो इभेन्टका रुपमा आईसीसी टी-ट्वान्टी विश्वकप रह्यो । अमेरिकाले पहिलो पटक वेस्टइन्डीजसँग मिलेर टी-ट्वान्टी विश्वकप आयोजना गर्यो । पहिलो पटक २० टोलीको सहभागिता रहेको प्रतियोगिताका लागि अमेरिकाको पूर्वाधार र पिचको विश्वभर आलोचना भयो । प्रतियोगिताम भारत च्याम्यिन बन्यो । २०११ को एकदिवसीय विश्वकप च्याम्पियन भारतले १३ वर्षपछि विश्वकप जित्दा १७ वर्षपछि टी-२० आई विश्वकप जित्यो । अमेरिकाले समूह चरणमा पाकिस्तानलाई सुपर ओभरमा हराउँदै प्रतियोगिताबाट बाहिर पठायो । अफगानिस्तानले २०२३ मा एकदिवसीय विश्वपकमा बेहोरेको हारको बदला दिँदै अष्ट्रेलियाको यात्रामा पूर्णविराम लगायो । अफगानिस्तान पहिलो पटक कुनै पनि आइएसीसी प्रतियोगिताको सेमिफाइनलसम्म पुग्यो । भारतसँग फाइनलमा पराजित भएपछि दक्षिण अफ्रिकाको पहिलो पटक आईसीसीका कुनै पनि ट्रफी जित्ने सपना पुरा हुन नकेन । नेपालले पनि १० बर्ष पछि टी-२० विश्वकप खेल्यो, समूह चरणमा दक्षिण अफ्रिका र बंगलादेशलाई कडा चुनौती दिए पनि समूह चरणबाटै बाहिरियो ।
यो वर्ष क्रिकेटका केही स्टार खेलाडीहरुले सन्यास लिए । भारतका रोहित शर्मा, विराट कोहली र रविन्स जडेजाले विश्वकपपछि टी-२० आईबाट सन्यास लिए । डेभिड वार्नर, जेम्स एन्डरसन र टिम साउथीजस्ता खेलाडीले पनि विभिन्न ढाँचाहरूमा सन्यासको घोषणा गरे । भारतकै शिखर धवन र दिनेश कार्तिकले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिए । यसबाहेक पाकिस्तानका मोहम्मद आमिर र मोहम्मद इरफानले क्रिकेट टोलीबाट सन्यासको घोषणा गरे ।
भारतले घरेलु मैदानमा न्युजिल्याण्डविरुद्धको टेष्ट शृंखलामा ३-० ले हार बेहोर्यो । घरेलु मैदानमा तीन वा सोभन्दा बढी खेलको शृफ्लामा भारत क्लिनस्विप भएको यो नै पहिलो पटक हो । यसबाहेक मोहम्मद आमिर र मोहम्मद इरफानजस्ता बायाँ हाते फास्ट बलरले पनि पाकिस्तान क्रिकेट टोलीबाट सन्यासको घोषणा गरेका छन् ।
बंगलादेशले पाकिस्तानलाई उसकै मैदानमा २ खेलको टेस्ट सिरिज हृवाइट बास गर्दै इतिहास रच्यो । पाकिस्तान क्रिकेट टोलीले घरेलु मैदानमा भएको तेस्रो टेष्टमा इङ्ल्यान्डलाई ९ विकेटले पराजित गर्दै १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्यो र शृङ्खला २-१ ले जित्यो ।
आईसीसी टी-२० विश्वकप २०२५ अफ्रिकी उपक्षेत्रीय छनोट बीमा जिम्बाब्वेले गाम्बियाविरुद्ध ३४४ रनको योगफल तयार पार्दै पुरुष टी-२० आई क्रिकेटमा हालसम्मकै उच्च योगफल तयार पार्यो । जिम्बाब्वेले नेपालले २०२३ को एसियाली खेलकुदमा मंगोलियाविरुद्ध बनाएको ३ सय १४ रनको कीर्तिमान तोडेको थियो ।
महिलाको पनि यसै वर्ष युएईमा टी-२० आई विश्वकप भयो, जहाा फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जित्यो । बंगलादेशमा हुनु पर्ने प्रतियोगिता त्यहााको असुरक्षित राजनीतिक परिस्थितिका कारण युएईमा सारिएको थियो ।
यस्तै, यसै वर्ष ग्रेग बार्कलेको स्थानमा आइसीसीको नयाा अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भए । अर्कोतिर, आइएसीसी च्यम्यिपियन्स ट्रफी २०२५ लाई लिएर भारत र पाकिस्तानबीच ठूलो असमझदारी पैदा भयो । अन्ततः दुबै देशबीच एक अर्काको मुलुक भ्रमण नगर्ने सहमतिबीच च्याम्पियन्स ट्रफी हाइब्रेड मोडेलमा गर्ने सहमति भयो । र निकै ढिला गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक भयो । अब दुई देशका खेलहरु न्युट्रल भेन्यूमा हुनेछन् ।
यसबाहेक आईपीएलको मेघा अक्सन पनि विश्व क्रिकेटमा चर्चाको विषय बन्यो । लखनउ सुपर जायन्ट्सले ऋषभ पन्तका लागि कीर्तिमानी २७ करोड भारतीय रुपैयाँ खर्च गर्यो । लिग २ मा क्यानडाले अप्रत्यासित नतिजा हात पार्यो । वोल्ड कप क्वालीफायर्स प्लेअफमा पीएनजीलाई पछि पार्दै एकदिवसीय मान्यता पाएको क्यानडाले लिग टु मा १२ मध्ये ८ खेल जितेर १६ अंक जोडेर शीर्ष स्थानमा छ । जसमा खेलमा १६ अंक नै जोडेको अमेरिका शीर्ष स्थानमा छ । नेपाल ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।