नयाँ सत्ता समीकरण : सामाजिक सञ्जालमा कसले के भने ?

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ सत्ता समीकरण : सामाजिक सञ्जालमा कसले के भने ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार राति भएको सत्ता सहकार्यको सहमतिका विषयमा सामाजिक सञ्जालमा पनि बहस भएका छन् । राजनीतिक दलका नेता, पेसाकर्मी तथा विश्लेषकहरुले सहमतिलाई आफ्नै हिसाबले अर्थ्याएका छन् । हेरौं, सामाजिक सञ्जालमा नयाँ सत्ता समीकरणबारे कसले के भने ।

‘यो नै खराबमध्येको कम खराब विकल्प हो । हेर्दा, प्रतिपक्षी बेन्च कमजोर देखिए पनि, अंकको अवसरवादलाई रोक्न आवश्यक थियो । उथलपुथल र तमासा रोक्न आवश्यक थियो । अब नयाँ दल जनतामा जाउ र खबरदारी गर । ठूलाहरू मिलेर व्यवस्थालाई प्रभावकारी बनाउ, संविधानका कमजोरी हटाउ र लोकतन्त्रलाई सवल गर ।’

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएपछि मंगलबार विश्लेषक केशव दाहालले दिएको सुझाव हो यो ।

एकाएक नयाँ राजनीतिक घटनाक्रम विकसित भएपछि सामाजिक सञ्जालमा विभिन्नखाले प्रतिक्रिया आइरहेका छन् । अधिकांशले स्थिर सरकारको अपेक्षा गरेका छन् भने केहीले फेरि समीकरण परिवर्तनको शृंखला चल्ने आशंका गरेका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सांकेतिक रुपमा भन्नुभएको छ, ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न, सन्दर्भ बुझौं ।’

चिकित्सक रामेश कोइरालाले सुशासन र समृद्धिको आश नरहे पनि स्थिर सरकारका लागि निर्वाचन प्रणालीको संशोधन हुनुपर्ने अपेक्षा गरेका छन् ।

विश्लेषक मुमाराम खनालले भने संविधान संशोधन र स्थिरता गफ मात्र भएको टिप्पणी गर्नुभएको छ । नयाँ समीकरणबाट पुष्पकमल दाहाल निराश हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै उहाँले देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने दिन आउँदा ओलीले पुनः दाहाललाई बोलाउने निश्चित रहेको बताउनुभएको छ ।

अर्का विश्लेषक सूर्यराज आचार्य लेख्नुहुन्छ, ‘राजनीतिमा ऐन-मौकाअनुसार न्यारेटिभ बन्छन्, र बन्नु पनि पर्छ । राजनीतिले जनभावना पछ्याएको छ-छैन, या जनअपेक्षित परिणाम दिएको छ-छैन भन्ने मूल कुरा हो । दलहरुको अभ्यासप्रति आमनेपालीको रेस्पोन्सको प्रकृति उल्लेख्य रुपमा बदलिएको छ । पुराना र नयाँ सबै दल र नेताले यो कुराको मनन गरून् ।’

प्राध्यापक निर्मला ढकालले दुई दलबीचको सहमतिले नागरिकको जीवनमा तात्त्विक फरक नपर्ने भन्दै आलोचना गर्नुभएको छ । अधिकारकर्मी सुबोध प्याकुरेलले संवैधानिक निकायको सवलीकरण, कानुनको शासन, जवाफदेहिता र पारदर्शितामा पनि ख्याल गर्न स्मरण गराउनुभएको छ ।

यो पनि...

धोका पाउनेहरु एक ठाउँमा हुँदा प्रधानमन्त्रीको ‘जादुयी नम्बर’ को जादु चलेन

कांग्रेस-एमाले सहमति भत्काउन दाहाल-नेपालको दौडधुप

रवि लामिछानेको दाबी- भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन्

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहाल बीचको भेटवार्ता सकियो

कांग्रेस-एमालेबीच सत्ता समीकरणको कसरत, माओवादी सशंकित

मध्यरातमा सत्ता फेर्ने सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

नयाँ समीकरणमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

घटनाक्रम अझै हेर्नु छ : अग्नि सापकोटा

सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति

नयाँ सत्ता समीकरण : प्रमुख दलहरू आन्तरिक छलफलमा

देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो

दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने

संविधान संशोधनको विषय आशंकाको घेरामा छ : अग्नि सापकोटा

के कांग्रेस र एमाले मिल्दैमा संविधान संशोधन सम्भव छ ?

नयाँ गठबन्धनमा रास्वपा जाँदैन : सन्तोष परियार

नयाँ समीकरणबारे रवि लामिछानेको टिप्पणी-कसलाई जोगाउनका लागि हो ?

एमालेसँगको समझदारीअनुसार अघि बढ्ने कांग्रेसको निर्णय

केही संवैधानिक विषयहरू संशोधन गर्नु आवश्यक छ : ठाकुर गैरे

गिरीबन्धु प्रकरण र बेचन झा पक्राउपछि दुई शक्तिले हतारहतार सत्ता समीकरणको समझदारी गरे : माधव सापकोटा

बेचन झा पक्राउ परेपछि नयाँ सरकार फेरिने कसरत भएको हो : लेखनाथ दाहाल

मध्यरात फेरिएको सत्ता समीकरणबारे यस्तो भन्नुहुन्छ वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई

स्पष्ट धारणा छैन भने सरकारको बरालिने काम मात्रै हुन्छ : संविधानविद् विपिन अधिकारी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.