घटनाक्रम अझै हेर्नु छ : अग्नि सापकोटा

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
घटनाक्रम अझै हेर्नु छ : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नयाँ बनेको सत्ता समीकरण पश्चगमन तर्फ गएको प्रतिक्रिया दिँदै घटनाक्रम अझै हेर्नु पर्ने बताउनु भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक पछि प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनु भएको हो । ‘घटनाक्रम अझै हेर्नु छ । संवैधानिक मूल्य मान्यतामा टेकेर आएको देखिँदैन । पश्चगमन तर्फ गएको देखिन्छ,’ उहाँले भन्नु भयो ।

प्रवक्ता सापकोटाले रातारात बनेको यो गठबन्धन अप्रत्याशित रुपमा आएको जुन प्राकृतिक नदेखिएको बताउनु भयो । नयाँ सत्ता समीकरणले उठान गरेको संविधान संशोधनको विषय पनि आंशकाको घेरामा रहेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार...

मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो

मध्यराति सत्ता फेर्ने सहमति गरिएपछि मेयर बालेनको स्ट्याटस- ‘यो समय गिरिबन्धु चियाको हो’

दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.