के कांग्रेस र एमाले मिल्दैमा संविधान संशोधन सम्भव छ ?

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
के कांग्रेस र एमाले मिल्दैमा संविधान संशोधन सम्भव छ ?

काठमाडौं । संसद्का प्रमुख २ दल कांग्रेस र एमालेबीच संविधान संशोधन गर्ने गरी सत्ता गठबन्धनको सहमति भएको छ । संविधान संशोधनका लागि संसदमा दुई तिहाइ बहुमत चाहिन्छ । के कांग्रेस र एमाले मिल्दैमा दुई तिहाइ सम्भव छ ? आउनुहोस् यसबारे चर्चा गरौँ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेससँग ८८ सिट छ भने दोस्रो ठूलो दल एमालेसँग ७९ सिट छ । यी दुवैको सङ्ख्या जोड्दा १ सय ६७ हुन्छ । दुई तिहाइ पुग्न कम्तीमा १ सय ८४ सांसद चाहिन्छ । दुई तिहाइ पुर्‍याउन उनीहरूलाई कम्तीमा १७ सदस्य अपुग हुन्छ । एकीकृत समाजवादीको १० तथा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी यो गठबन्धनमा सहभागी भए संविधान संशोधनका लागि पर्याप्त सङ्ख्या पुग्छ । 

त्यस्तै प्रतिनिधिसभामा तेस्रो दल माओवादी केन्द्रसँग ३२, चौथो दल रास्वपासँग २१, राप्रपासँग १४, जसपा नेपालसँग ५, जसपासँग ७, जनमत पार्टीसँग ६, लोसपासँग ४ सांसद छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र आम जनता पार्टीसँग १-१ सांसद हुँदा २ स्वतन्त्र सांसद छन् । 

संविधान संशोधन गर्नुपर्नेमा अधिकांश दल सहमत भए पनि उनीहरूका एजेन्डा भने फरक छन् । 

कांग्रेसले  निर्वाचन प्रणाली संशोधनको मुद्दा जोडतोडले उठाएको छ भने यसमा एमालेको पनि समर्थन पनि देखिएको छ । मधेश केन्द्रित दलहरूले प्रदेशको स्वायत्त अधिकारको कुरा उठाइरहँदा राप्रपाले भने संघीयता र धर्मनिरपेक्षता हटाउनुपर्ने माग राखिरहेको छ ।

सम्बन्धित समाचार...

मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो

मध्यराति सत्ता फेर्ने सहमति गरिएपछि मेयर बालेनको स्ट्याटस- ‘यो समय गिरिबन्धु चियाको हो’

दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने

एमालेसँगको समझदारी अनुसार नै अघि बढ्ने कांग्रेसको निर्णय


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.