रवि लामिछानेको दाबी- भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन्

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको दाबी- भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताउनुभएको छ ।

पार्टी पदाधिकारी बैठकपछि मंगलबार उहाँले पत्रकारहरुलाई यस्तो यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आफूले भ्रष्टाचारका फाइल खोलन थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताउनुभयो । उहाँले भ्रष्टाचारका फाइल खोले पनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाउनुभयो ।

‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोलनुपर्‍यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो,’ उहाँले भन्नुभयो, ‘एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’

उहाँले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो ? भन्दै प्रश्नसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.