सशस्त्र प्रहरीका सईमाथि बालिकालाई यौन दुरुपयोग गरेको आरोप, स्थानीय आन्दोलित

आरोपीमाथि छानबिन सुरु
चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सशस्त्र प्रहरीका सईमाथि बालिकालाई यौन दुरुपयोग गरेको आरोप, स्थानीय आन्दोलित

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोप लागेको छ । सई सिंह वडा नम्बर ४ पिपराढीस्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् ।

उनले १० वर्षीया बालिकालाई आज बिहान बाल यौन दुर्व्यहार गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका थिए । स्थानीयले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको थियो । तोडफोडको प्रयास गरेपछि त्यहाँ स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको थियो । पछि सशस्त्र प्रहरीको थप टोलीले घटना स्थल पुगी स्थानीयलाई शान्त हुन आग्रह गरेको थियो । 

यसैबीच सशस्त्र प्रहरीले आरोपित सई सिंहलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटना संवेदनशील भएकाले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको जनाएको छ । हालसम्म जाहेरी नआएकाले औपचारिकरूपमा जाहेरी आएपछि मात्रै यस विषयमा बोल्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता नन्दकिशोर प्रसाद चौहानले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement