देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गर्नु भएको छ । हिजो मध्यरातमा नयाँ सत्ता समीकरण बनाउने एमाले र कांग्रेसको सहमति पछि दाहालले सभापति देउवालाई आज फोन गर्नु भएको हो ।

प्रधानमन्त्री दाहालले रास्वपासहितको गठबन्धन बनाउन देउवालाई फोनबाट आग्रह गरे पनि देउवाले इन्कार गर्नु भएको छ । ‘रास्वपासहितको गठबन्धन बनाऊँ’ भन्दै कांग्रेस सभापति देउवालाई दाहालले गरेको फोनमा देउवाले अब ‘त्यो च्याप्टर क्लोज भइसक्यो’ भन्दै जवाफ दिनुभएको एकजना कांग्रेस पदाधिकारीले बताउनु भयो ।

सम्बन्धित समाचार...

मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.