काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलबीचको भेटवार्ता सकिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएपछि प्रधानमन्त्री दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको थियो।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि सोमबार राति सहमति भएको थियो । नयाँ सत्ता समीकरणको सहमतिले वर्तमान राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।