नयाँ समीकरणमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ समीकरणमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं । सत्ता गठबन्धन दल राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको छ । रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खोल्न लाग्दा डराएर भ्रष्टाचारीलाई जोगाउन समीकरण फेरेको आरोप लगाउनुभएको छ ।

सत्ता सहकार्य गर्ने कांग्रेस र एमालेको सहमतिपछि आज बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हो । बैठकले कांग्रेस-एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय पनि गरेको सांसद सन्तोष परियारले जनाउनुभयो ।

रास्वपाले अहिलेको राजनीतिक घटनाक्रमलाई अस्वभाविक भनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.