दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने

संसद्‌मा विश्वासको मतको सामना गर्ने माओवादी पदाधिकारी बैठकको निर्णय
नयाँ गठबन्धन बनाउन अन्य दलसँग थप छलफल गर्ने
असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
दाहालले प्रधानमन्त्री पदबाट राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने हुनु भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बेठकले प्रधानमन्त्री दाहालले राजीनामा नदिने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिनु भयो । 

हिजो मध्य राति नेकपा एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको हो । यससँगे दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिने कि संसद्‌मा विश्वासको मतको सामना गर्ने भन्ने विषयमा छलफल गर्न आज माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो ।

एक महिनाको समय भएकाले प्रधानमन्त्रीले पदबाट अहिले नै राजीनामा नदिने र विश्वासको मतको तयारी गर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘प्रधानमन्त्रीले त्यो तयारी गर्नुभएको छ,’ सचिव पौडेलले भन्नुभयो, ‘मतका लागि एमाले कांग्रेस रास्वपा सबैपक्षसँग छलफल गर्ने पनि निर्णय भएको छ ।’ 

सचिव पौडेलले राष्ट्रिय सहमतिको सरकार नबन्ने पनि दाबी गर्नु भय । उहाँका अनुसार सबै विषयको जानकारी गराउन प्रधानमन्त्री दाहाल राष्ट्रपतिलाई भेट्न जाँदै हुनुहुन्छ ।

सम्बन्धित समाचार...

मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई

देउवालाई दाहालको फोन : रास्वपासहितको गठबन्धन बनाऊँ, देउवाको जवाफ- त्यो च्याप्टर क्लोज भइसक्यो

मध्यराति सत्ता फेर्ने सहमति गरिएपछि मेयर बालेनको स्ट्याटस- ‘यो समय गिरिबन्धु चियाको हो’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.