कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउन कांग्रेस सांसदको माग

फाल्गुन २८, २०८१ |कमल पन्त|देव राना
कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउन कांग्रेस सांसदको माग

सुर्खेत । नेपाली कांग्रेसका कर्णाली प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारमा सहभागी आफ्ना दलका मन्त्रीहरूलाई फिर्ता बोलाउन माग गरेका छन् । बुधबार प्रदेश सभाको विशेष समयमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर बीसीले सरकारको कार्यशैलीका कारण नागरिकमा चरम निशासा बढेको र कांग्रेसले सरकारका गलत कामको अपजस मात्र लिनुपर्ने अवस्था आएको भन्दै सरकारलाई दिएको समर्थन कामय राखेर मन्त्रीहरूलाई फिर्ता बोलाउन माग गर्नुभएको हो ।

सरकारले नागरिकमा आशा जगाउने गरी काम गर्न नसकेको, सरकार सञ्चालनका विषयमा कांग्रेससँग आवश्यक समन्वय नगरेको र मन्त्रिपरिषद्को बैठकमा समेत मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका मन्त्रीहरूको प्रस्ताव अस्वीकार गर्दै आएको जस्ता कारण देखाएर कांग्रेसले यसअघि पनि पटक–पटक सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको थियो ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।