नयाँ सत्ता समीकरण : प्रमुख दलहरू आन्तरिक छलफलमा

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ सत्ता समीकरण : प्रमुख दलहरू आन्तरिक छलफलमा

काठमाडौं । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै दुवै दल आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस पदाधिकारी बैठक बिहान ९ बजे बस्दै छ भने एमाले नेताहरू पनि आन्तरिक छलफलमा जुट्दै छन् ।

स‌ंसद्का दुई ठूला दल कांग्रेस र एमाललेले संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउन हिजो मध्यराति सहमति गरेका हुन् । दुई दलबीच पहिलो डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नु हुने छ भने त्यसपछि कांग्रेस सहमति देउवाको नेतृत्वमा सरकार बन्ने छ । सरकारको नेतृत्व गर्ने दलले ९ र सहयोग गर्ने दलले दश मन्त्रालय लिने सहमति पनि भएको छ ।

मध्यरातमा भएको यो सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा ३ पटक गठबन्धन फेरेका दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।

सम्बन्धित समाचार...

मध्यरातमा सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.