टफटकमा मन्त्री बस्नेतलाई प्रश्न : लडाकु शिविरको भ्रष्टाचार छानबिन हुन्छ ?

जेष्ठ ३, २०८०
टफटकमा मन्त्री बस्नेतलाई प्रश्न : लडाकु शिविरको भ्रष्टाचार छानबिन हुन्छ ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध अभियानको थालनी गरेको दाबी गरेका छन् । माओवादी लडाकु शिविरदेखि लिएर प्रश्न उठेका सबै विषयको सम्बोधन गरिने बस्नेतको भनाइ छ ।

नक्कली भुटानी प्रकरणमा तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेको २४ घण्टा नबित्दै तीन दलका शीर्ष नेता भेट पूर्वनिर्धारित भएको मन्त्री बस्नेतले बताए । उनले भने ‘ ती पूर्वनिर्धारित बैठकहरु थिए ।’

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने साप्ताहिक कार्यक्रम टफटकमा प्रधानसम्पादक दिलभुषण पाठकसँग कुरा गर्दै मन्त्री बस्नेतले भने, ‘प्रधानमन्त्रीजीले यसलाई एउटा अभियानको थालनीका रुपमा नै व्याख्या गर्ने गर्नुभएको छ । म अहिले यत्ति भनौं....जे जति प्रश्नहरु छन्, तिनको यथोचित सम्बोधन हुन्छ ।.....सबैका बारेमा प्रश्न उठिराखेका छन् । जवाफ पनि समयले दिँदै जाला ।’

प्रस्तुत छ अन्तवार्ताको संक्षिप्त अंश–

आजको संवाद नक्कली भुटानी शरणार्थी प्रकरणबाटै सुरु गरौं । राष्ट्रिय मुद्दाका रुपमा रहेको गृह मन्त्रालयको काम र संयन्त्रले कुन हदसम्मको अपराध गर्दा रहेछन् भन्ने प्रसंगबाटै कुरा गरौं । तपाईं २०७२ साल असोजदेखि ७३ साल साउन २० गतेसम्म गृहमन्त्री भएको व्यक्ति । अहिले आएको नक्कली भुटानी शरणार्थी प्रकरणलाई कसरी लिनुभएको छ ?

राज्य जोडिएर यस प्रकृतिका घटना सार्वजनिक बहसको विषय बन्नु एकदमै दुखद छ । पहिलो मेरो टिप्पणी यही हुन्छ । यस रुपमा बहसको विषय बन्नुपर्ने अवस्था नै सिर्जना हुनुहुँदैन थियो । तर आइसक्यो । समस्या बन्यो, समस्या सतहमा प्रकट भयो ।

यसले नागरिकमा कुन तहको हीनता, राज्यप्रति नागरिकको निराशा, यसै पनि सुशासन दिन नसकेको अवस्थामा....

म तपाईंसँग सहमत छु । एक राष्ट्रिय जीवनमा, एउटा नागरिक जीवनमा बसै दृष्टिले हेर्दाखेरी यो हामी सबैमाथिको तथा सिंगो राष्ट्रमाथिको प्रश्न जस्तो पनि बन्न पुगेको कारणले पनि मैले यसलाई प्रसंग भनेको हो ।

यो समस्या अहिले सहतमा आयो यसलाई नकरात्मक रुपमा मात्र नलिउ । समस्या मात्र रहेछन् यो देशमा भन्ने मात्र पनि होइन नि, समाधानका निम्ती डिटरमाइन पनि रहेछ नि सरकार । यस किसिमका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेछ भन्ने पनि हो ।

मिडियाले छताछुल्ल कुरा सतहमा ल्याएपछि तपाईंहरुले एक्सन नलिए नागरिकले कहाँ छोड्छन् ? तपाईंहरु बाध्य हुनुभयो होला ।

अहिले हामी काठमाडौंमा बसिरहेका छौं । काठमाडौं कुन दिशामा पर्छ भनेर कसैले प्रश्न ग¥यो भने पोखरा बसेर उत्तर खोज्नुभयो यो पूर्वी दिशा हुन्छ । विराटनगर बसेर उत्तर खोज्नुभयो यो पश्चिम दिशा हुन्छ । हामी कहाँ बसेर उत्तर खोज्छौं भन्ने मात्र हो ।

मैले मेरो बुझाइ भन्ने हो । मेरो बुझाइबाट हेर्दा हामी कहाँ समस्याहरु सिर्जना हुन्छन् । यो समाधान गर्न राजनीतिक नेतृत्व प्रतिबद्ध छ भन्ने यो घटनाको सन्देश हो ।

तपाईं गृहमन्त्री हुँदा यसबारेमा कुनै छनक पाउनुभएको थियो ?

म त्यहाँ हुँदा योखालको वातावरण नै थिएन । यस्ता कुराले प्रवेश गर्ने वातारण नै थिए न ।

तपाईं गृहमन्त्री रहँदा मुलुक भूकम्प र भारतीय नाकाबन्दीको दोहोरो कहरमा थियो । सँगै त्यतिबेला नै भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वासको काम पनि अन्तिम चरणमा थियो । त्यतिबेला भुटानी शरणार्थीका प्रसंगमा के–के हुँदै थियो ? अतिकति पृष्ठभूमि बताइदिनुस् न ?

त्यतिबेला विषम परिस्थति थियो । त्योबेला एउटा जिम्मेवारी पूरा गर्ने अवसर मिलेको थियो । त्यसकारण हामीले प्रस्थान बिन्दु के बनाएको थियौं भने– मुलुक अप्ठयारो अवस्थामा छ । योबेला मुलुकबाट मैले के प्राप्त गर्ने हो भन्ने कुराबाट ‘गाइडेड’ भएर होइन, यो मुलुकका लागि मैले के योगदान दिन सक्छु भनेर हरेक तहले कामको मार्गदर्शक बनाउने, आफ्नो अभियानको प्रस्थान बिन्दु बनाउने भन्ने कुरा हामी छलफल गथ्र्यौं त्यसबेला ।

टोपबहादुर रायमाझी पनि यही कुरा गर्नुहुन्थ्यो...

नाई । त्योबेलाको परिस्थितिले पनि हामीलाई त्यस्तो सोच्न थप प्रेरित पनि गरिरहेको थियो होला । किनभने परिस्थितिले पनि मानिसलाई थप प्रभावित गर्छ ।

तपाईं गृहमन्त्री रहँदा मुलुक भूकम्प र भारतीय नाकाबन्दीको दोहोरो कहरमा थियो । सँगै त्यतिबेला नै भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वासको काम पनि अन्तिम चरणमा थियो । त्योबेलाको परिस्थिति हेर्ने हो भने सबै ठीक थियो होला ?

प्रक्रियामा, सिस्टममा जे कुरा आइरहेको थियो, त्यहीअनुसार काम गर्ने कुरा त छँदै थियो । त्यो अन्तिम चरणमा थियो । यो रुपको कल्पना नै गरिएको थिएन ।

फेरि पनि पूर्वगृहमन्त्रीको हिसाबले सोधेँ । एउटा यस्तो मन्त्रालय, जहाँ मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी लिएको दुईवटा प्रहरी संगठन र अध्यागमन, जिल्ला प्रशासनको नेतृत्व गर्ने गृह मन्त्रालय साच्चिकै बिचौलियाको नियन्त्रणमा कुन बेला पुग्छ ?

सिस्टम एउटा कुरा भयो, सामाजिक मूल्य एउटा कुरा भयो । राष्ट्रिय मूल्य एउटा कुरा भयो । त्यसपछि हरेक व्यक्तिका बुझाइका तह हुन्छन् । यी दुई कुराको संयोजन कुन रुपमा हुन्छ भन्ने कुराले निर्धारण गर्छ । सिस्टम आफैँमा त हिँड्दैन । त्यसलाई चलाउने त मान्छेले हो । त्यसकारण व्यक्तिको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । अब त्यहाँ राष्ट्रिय मूल्यहरुलाई, समाजिक मूल्यहरुलाई कुन रुपमा ग्रहण गर्ने भन्ने कुरा हो ।

एउटा मान्छेको नियतले सडकमा पुर्याइदियो...

कहिलेकाहीँ दुर्घटना हुन्छ ।

दुर्घटना त अन्जानमा हुन्छ । यो त संगठित रुपमा भएको हो ।

मैले त्यसो भनेको होइन । मेरो भनाइको मतलब– एउटा व्यक्तिका कारणले मुलुकको जीवनमा नै दुर्घटना आउने गर्छ नि । मैले यो सन्दर्भमा भनेको हुँ ।

तपाईंहरुले चाहिँ कसरी लिनुभयो ? आफूसँगैको सहयोद्धा, अस्ति जनताको मुक्तिका लागि भनेर हिँडेको मान्छे र आदर्श देखाएर देश र जनताका लागि भनेको मान्छे यस्तो प्रकरणमा मुछिँदा ठूलो नैतिक प्रश्न उठाइदिन्छ नि होइन ?

यसै पनि राजनीतिले समाजलाई बदल्छ, राजनीतिले मुलुकलाई सही बाटोमा डोहो¥याउँछ भन्ने कुरा स्थापित हुनुपर्ने हो । तर यसमाथि केही प्रश्न बनिरहेकै बेला यस प्रकृतिका घटनाक्रमहरुले त अर्को नकरात्मकता सिर्जना गर्छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने बिचौलियाको योजना गृहमन्त्रीदेखि सचिवसम्मको संलग्नता देखियो । यो अनुसन्धान कहाँ पुग्छ ?

यो विषयमा सरकारको प्रतिवद्धता पनि सार्वजनिक भइरहेको छ । यो विषय निष्कर्षमा पुग्नुपर्छ । यो त एउटा सामान्य नागरिकलाई अनागरिक बनाएको विषय त हुँदै हो । यसले राष्ट्रिय जीवनमा पारेका प्रभावहरु छन् । यसकारण यसका बहुआयामिक प्रभाव छन् । यो विषय निरुपण हुने विषयमा केही पनि अलमलमा पर्नु हुन्न, सरकार पनि पर्ने कुरा हुँदैन ।

त्यसो भए यो सरकारलाई यो जिम्मेवारी पनि आइलाग्यो कि यसको अनुसन्धान सकिएपछि यस्ता अरु पनि विषयमा भ्रष्टाचार भएको हुन सक्छ भनेर विभिन्न बेलामा उठान गरेका विषयहरुमा पनि तपाईहरु प्रवेश गर्नुहुन्छ ? जस्तो सधैं चर्चामा आएको लडाकु शिविर, क्यान्टोनमेन्टमै पनि केही अनियमितता भयो भनेर भनियो..... सेक्युरिटी प्रिन्टिङ प्रेस, बाइड बडी, अनमिन, यती काण्ड, यिनीहरुमा पनि छानबिन हुन्छ ?

म तपाईलाई भन्दिन्छु– प्रधानमन्त्रीजीले यसलाई एउटा अभियानको थालनीका रुपमा नै व्याख्या गर्ने गर्नुभएको छ । म अहिले यत्ति भनौं । विशेष रुपमा अहिले मुद्दा विशेषमा नजाऔं । यो अभियान हो भनेर प्रधानमन्त्रीज्युले नै भनिराख्नुभएको छ ।

भनेपछि लडाकु घोटालाका विषयमा पनि यो सरकारले छानबिन गर्छ ?

जे जति प्रश्नहरु छन्, तिनको यथोचित सम्वोधन हुन्छ । तर, जे जति विषयहरु आउने गर्छन्, आएका सबै विषय सत्य हुन्छन् भन्ने पनि होइन । तर, आएका विषयमा राज्य जिम्मेवार छ भन्ने म्यासेज त दिनुपर्छ ।

त्यही भएर अनुसन्धान गरेर टुंग्याइदिए भयो नि, सधैंभरि कलंक बोकेर किन हिँड्ने ?

.....सबैका बारेमा प्रश्न त उठिराखेका छन् । जवाफ पनि समयले दिँदै जाला । 

यस अघिका टफटक :

टफटकमा मीनेन्द्र रिजाल : राज्यसत्ताको दुरुपयोग गरेर कसैलाई जोगाउन पाइन्न
टफटकमा लोक चित्रकार : जसले एउटै चित्र २५ वर्षसम्म बनाइरहेका छन् !
टफटकमा अर्थमन्त्री : समयमै मन्त्रीहरु नआउँदा बजेटको गृहकार्य प्रभावित भयो
भारत जान लागेका प्रधानमन्त्री दाहाललाई पी लामाको सुझाव- जलवायु परिवर्तनको असरविरुद्धको लडाइँको नेतृत्व लिनू
टफटकमा क्रिकेट क्षेत्रका तीन हस्ती : आगामी चार वर्षको यात्रा कस्तो होला ?
टफटकमा तीन उद्योगपतिलाई प्रश्न- तपाईंलाई किन जिताउने ?
टफटकमा अर्थतन्त्रको बहस : ‘गणतन्त्र आएपछि १५ वर्षमा १७ वटा सरकार फेरिए’
टफटकमा उपेन्द्र यादव : खास गठबन्धन चार दलको हो, संसदले अब नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउँछ
नयाँ मन्त्रीको नौलो अनुभव : सिंहदरबार ‘सिम्पल’ रहेछ (टफटक)
प्रधानमन्त्री दाहाललाई सुशीला कार्कीको प्रश्न : प्रधानन्यायाधीशलाई हल्लाएर राख्ने ? (अन्तर्वार्ता)
टफटकमा भिक्षु अवधेश : हरेक मानिस बुद्ध बन्ने बाटोमा छ (अन्तर्वार्ता)
टफटकमा सभामुख : कतिपय सांसदबारे प्रश्न खडा भएका छन्, गृहमन्त्रीकै बारेमा देखियो