टफटकमा मीनेन्द्र रिजाल : राज्यसत्ताको दुरुपयोग गरेर कसैलाई जोगाउन पाइन्न

वैशाख २७, २०८०
टफटकमा मीनेन्द्र रिजाल : राज्यसत्ताको दुरुपयोग गरेर कसैलाई जोगाउन पाइन्न

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्रीबाट राजीनामा दिएका रिजाललाई चुनावमा पार्टीले टिकट नै दिएन । चौधौं महाधिवेशनपछि भूमिकाविहीन रिजाल केही दिनअघिमात्रै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति थालेका रिजाल ३ पटक मन्त्री बनेका छन् भने पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । अमेरिकाको न्युयोर्क विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका रिजालले सोही विश्वविद्यालयमा तीन वर्ष अध्यापन गरे ।

प्रस्तुत छ, कांग्रेसका बौद्धिक नेता रिजालसँग कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक दिलभुषण पाठकले गरेको ‘टफटक’ कुराकानी–

तपाईंलाई बधाई पनि दिन चाहान्छु । पार्टीले तपाईंलाई टिकट दिएको थिएन तैपनि पार्टीका उम्मेदवार जिताउन सक्रिय हुनुहुन्थ्यो । अहिले तपाईंलाई पार्टीले बोलाएर केन्द्रीय सदस्यता प्रदान गर्‍यो । यतिको टाठोबाठो, पढेलखेको मान्छे चाहिन्छ भनेर खोजेको हो पार्टीले ?

जे कारणले होला मोनिनित सभापतिले गर्नुभयो । अब के सोचले गर्नुभयो उहाँकै जिम्मामा छोड्छु । मैले यसमा अनुमान गर्नुभन्दा म उहाँले मनोनित गर्दा तयार भएँ । त्यति नै रुपमा बुझेर अगाडि बढ्न उचित हुन्छ ।

म तपाईंसँग राष्ट्रिय राजनीति र तपाईंको पार्टीको भूमिकाबारे त कुरा गर्छु नै । तर आज तपाईंलाई नेताभन्दा एक अध्ययनशील विश्लेषकका रुपमा कुरा गर्न पनि निम्त्याएको हुँ । पछिल्ला घटनाक्रममै प्रवेश गरौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुल गरेको घटनाको अनुसन्धान भइरहेको छ । राज्य संयन्त्र नै खासगरी गृह मन्त्रालय बिचौलियाको योजनाअनुसार प्रयोग भएको देखियो । कसरी हेर्नुभएको छ यो घटनालाई ?

तपाईंले एकदम ठीक ठाउँमा प्रश्न उठाउनु भयो । हामीले हाम्रो अर्थ राजनीतिका मूल समस्या तिर नहेर्ने हो भने यी एक–एक वटा घटना मैले आइसोलेसनमा हेर्छु । मैले देखेको यो घटना मात्र नसम्झनुस् योभन्दा अगाडि ठूल्ठूला घटना आए ।

अख्तियारले छानबिन गर्ने वा लेखा समितिले छानबिन गर्ने, आफैँ सांसद थिएँ, लेखासमितिमा थिएँ । हामीले लेखेर पठायौं । १०१ घटनाहरु छन् । ती सबैलाई एउटा कडीमा राखेर व्याख्या गर्ने कोशिस गर्ने हो भने– हामी के देख्छौं भने सरकारी सम्पति निजीलाई ‘लिज’मा दिने, एकदमै सस्तो मोलमा । निजी सम्पत्ति सरकारले अधिग्रहण गर्ने अत्यन्तै महँगो मोलमा । अनि यो दुवै क्रममा बिचौलियाले थुप्रो पैसा बनाउने ।

राज्यको नागरिक प्रतिको जवाफदेहिता पनि छैन । सर्वजनिक सम्पत्ति जुन राज्यको हो त्यो पनि नागरिकको उपयोगका लागि छैन । अर्थात् नागरिक र राज्यबीच एउटा बिचौलिया छिरेको छ....

जस्तो हामीले अर्थतन्त्रको कुरा गर्दा पहिले यतीको कुरा अत्यन्तै चर्को गरी आयो । त्यस्तै विमान किन्ने कुरा पनि चर्को साथ आयो अथवा विद्युत् प्राधिकरणको महसुल उठाउने कुरा चर्को साथ आयो । अहिले भुटानी शरणार्थीको कुरा चर्को साथ आयो । पोखरा विमानस्थल कति महँगोमा बन्यो भन्ने कुरा पनि आयो । निजगढको विमानस्थन बन्ने कि नबन्ने कुरा भयो । अथवा ठूला ठेक्का वषौंसम्म काम नभइकन रहिरहन्छन् भन्ने कुरा आयो ।

यी सबै ठाउँ हेर्नुभयो भने विकास निर्माण नगर्ने, अर्थतन्त्र अगाडि नबढ्ने, खाली एउटा कागजमा हस्ताक्षर गरे बापत राज्यको स्वामित्व निजी क्षेत्रमा केही समय जाने, अथवा निजी क्षेत्रको स्वामित्व राज्यले थुप्रो पैसा लिएर ल्याउने । यसमा जुन कमाउन सक्ने आधार हुन्छ यसरी बनेको अर्थतन्त्र विकाससँग जोडिएको छैन, देशको उन्नतीसँग जोडिएको छैन । अनि यसले यति ठूलो शासन प्रतिको प्रश्न उब्जाएको छ । त्यसैकारण पनि अस्ति भर्खरै भएको एउटा कार्यक्रममा पनि भनेको थिएँ– सुशासनको एजेन्डा सडकमा छोडेर सिंहदबारबाट शासन हुन सक्दैन ।

आजको दिनको मूल प्रश्न– सुशासनको एजेन्डा सिधै शासन गर्ने ठाउँमा पुग्ने कि नपुग्ने ? त्यसोभए हाम्रो मुलुकको राजनीति अथजा राजनीतिज्ञ बेइमान भएका हुन् अथवा तिनले बिचौलिया जन्माएका हुन् कि बिचौलियाले हाम्रा राजनीतिज्ञलाई बेइमान बनाएका हुन् ?

दुवै हो । ‘म्युचल्ली रिइनफोर्सिङ रिलेसनसिप’ । लोभले तपाईंले कुन पद धारण गर्नुभएको छ, त्यो हेर्दैन । लोभले तपाईं राजनीतिमा आउनुहोला, कर्मचारी हुनुहोला, व्यापारी हुनुहोला, ठेकेदार हुनुहोला अथवा जे हुनु होला अथवा यो सबैलाई ‘फिसिलिटेड’ गर्ने मात्रै मान्छे भए पनि लोभले व्यक्ति हेर्छ, लोभले पेसा हेर्दैन ।

पछिल्लो समय व्यवसायिकतामा लोभ बढ्यो । कम व्यवसायिक, बिचौलियापन बढी भयो...

तपाईंले यो सब गरे पनि दण्डहीनताको संस्कृति हुँदासम्म मलाई जोगाउने ठाउँ हुन्छ, म जोगिन सक्छु भने विश्वास हुँदा सम्म मान्छे यति ‘कम्पेसन’ भएर जान्छ कि यस्ता चिज हुँदै जान्छन् । के भएर भन्ने ? यो एउटा संस्कृति होे । अर्को यस्तो धेरै निराशा छ । यतिका मान्छे बाहिर जान यत्रो खर्च गरेर घुस दिएर पनि जसरी भए पनि अर्को देशमा पुगौं भन्ने लागिरहेको छ ।

म अस्ति भर्खर युरोप गएको थिएँ । पहिलेका सोभियत युनियनका देशमा पहिले जसरी पनि यहाँबाट पसेर, १०–१५ लाख तिरेर । त्यहाँबाट एक महिनासम्म हिँडेर, गुगल म्यापको सहयोगमा, एउटा बिचौलियाले भन्छ– यो बाटो हिँड् यो बाटो हिँड् । १५ दिन, २० दिन, २५ दिन पाउरोटी र पानी खाएर मान्छे युरोपको अलिकति राम्रो देशमा पुगेको छ ।

यो सबैले हाम्रो गरिबी, निराशा, हाम्रो दुखलाई प्रतिबिम्बित गर्छ नि । योबीचमम निराशा अत्यन्तै चर्किएको छ । अनि सत्ताको ‘कमपेसेन्सी’का कारणले यो सुकेको झिर जस्तो भएका हुनाले कुनै पनि बेला आगो लाग्न सक्छ भन्ने चिन्ता त्यता तिर भयो । त्यो चिन्तासँगै मानिसले मत हाल्ने बेला के गर्छ भने– जसको नाममा पनि यो अपराधी हो भन्यो भने आँखा चिम्लिएर त्यसलाई ठोकिहालौं जस्तो प्रवृत्ति भएको छ । जसले पनि अर्को कसैलाई औैंला देखाएर यो चाहिँ खराब हो भन्ने पायो भने जहाँ उभिएको मान्छे होस्, जुन पदको मान्छे होस्, जुन जिम्मेवारीको मान्छे होस्, त्यसलाई औंला देखाइदिने अनि त्यसपछि म चाहिँ होइन भनेर त्यसको सत्तो सराप गर्ने संस्कृति छ ।

 एउटा कांग्रेसको रुपमा ‘थ्याङ्क गड’ । यो आम निर्वाचन थिएन, उपनिर्वाचन मात्र थियो । उपनिर्वाचनले अबको आम निर्वाचनसम्म हाम्रो पार्टीलाई वीपी कोइरालाको पार्टीलाई कसरी वीपी कोइरालाको जस्तै बनाउने भनेर मज्जाले सन्देश दिएको छ ।

तपाईंले अहिले भन्नुभयो नि राजनीतिज्ञले बिचौलियालाई स्पेस दिए । बिचौलियाले राजनीतिज्ञलाई बेइमान बनाए । यो बुझाइ तपाईंको तहमा, तपाईंको पार्टीको उपल्लो तहका नेतामा अन्य दलका नेता पनि यो चेत पुगेको छ कि तिनमा पनि यो चेत पुगेको छ ? कि नागरिकमा मात्र त्यो चेत भएर यो निर्वाचनमा त्यो परिणाम आयो ?

मलाई पुगेको छ भन्ने आशा चाहिँ जाग्रित भएको छ । हामीलाई एउटा सुरक्षा पनि प्राप्त भयो, यस पटकको उपनिर्वाचनको परिणाममा । अस्ति आम निर्वाचनबाट हामी झस्केनछौं । आम निर्वाचनमा पनि त राष्ट्रिय प्रजातन्त्र पार्टी र एउटा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी जसरी आम निर्वाचनमा आए त्यसले पनि हामीले राम्रोसँग सुनिसकेका रहेनछौं । अहिलेको उपनिर्वाचनमा मज्जाले सुन्ने गरी यो कुरा आएको छ । ल मैले भनें एउटा कांग्रेसको रुपमा ‘थ्याङ्क गड’, यो आम निर्वाचन थिएन, उपनिर्वाचन मात्र थियो । उपनिर्वाचनले आम निर्वाचनसम्म हाम्रो पार्टीलाई वीपी कोइरालाको पार्टीलाई कसरी वीपी कोइरालाको जस्तै बनाउने भनेर मज्जाले सन्देश दिएको छ ।

फेरि राजनीतिमा नै केन्द्रित बनौं । नम्कली भुटानी शरणार्थी प्रकरणबारे कुरा गरौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरासहित १२ जना पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु खाण र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं सांसद आरजु राणा देउवा पनि यो घटनामा मुछिएका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापासँगै गृहसचिवहरु महेश्वर न्यौपाने, टेकबहादुर राई लगायतको नाम पनि मुछिएको छ । तपाईंलाई के लाग्छ, यसमा सरकारले खुट्टा नकमाई कारबाहीको दायरामा ल्याउने आँट गर्न सक्छ ?

अब दुईवटै कुरा हुन सक्छन् । पहिलो त काम कारवाही गर्न दिनुपर्छ । यसकारण कि– लोकतन्त्रको अत्यन्तै ठूलो परीक्षा पनि हो ।

त्यो आँट छ यी नेताहरुलाई ?

आँट चाहिँ परिस्थितिले निर्माण गरेको छ ।

तर दौडधुप सुरु भइसक्यो नेताहरुको ?

यसलाई यस रुपमा लिनुपर्छ । जसरी दुई किसिमको कुरा आइरहेको छ कि– एकातर्फ संसदको बैठकमा पनि कसैमाथि कसैले औंला उठायो भने पनि त्यसलाई अपाराधी हो भनेर करार गरेर संसदमा छलफल हुन थाल्यो । त्यो अनुचित हो । संसदमा कसैले पनि कसैलाई अपराधी भन्न मिल्दैन । अपराधको अनुसन्धान गर्नुपर्छ । कसैमाथि कसैले आरोप लगायो भने आरोप पुष्टि गर्ने आधार छ कि छैन त्यतातर्फ जानुपर्छ ।

आज हाम्रो सबैको कर्तव्य हो । संसदमा बसेर कसैलाई अपराधी करार गर्ने होइन । राजनीतिक दलका नेताहरुले म चाहिँ होइन अर्काे हो भनेर देखाउन पनि आवश्यक छैन । तर जुन निकायलाई अनुसन्धान गर्न दिने त्यो कुरामा ध्यान दिएर उनलाई निष्पक्ष, स्वतन्त्ररुपमा छानबिन गरेर, प्रमाण पुुष्टि गर्ने कसैलाई पनि नछोड्ने बाटोमा लिएर जानुप¥यो । त्यो गर्न सकेनौं भने मैले अघि नै भने सिंहदरबारको न्यानोमा राज्य, सत्ता र प्रतिपक्ष बस्न सक्दैन ।

म पृष्ठभूमितर्फ बताउँछु– २०७६ साल जेठ ३० गते नेपालमा रहेका भुटानी शरणार्थीहरुको समस्या समाधानको दीर्घकालीन उपायबारे सुझाव दिन भन्दै पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा समिति बन्यो । ललितपुर महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी र गृह मन्त्रालयका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपानेलाई सदस्य बनाइयो । समितिको काम गर्ने समय दुई महिना मात्रै थियो । तर, दुई महिनामा केही गर्न सकेन । मन्त्रालयका शाखा अधिकृत न्यौपानेको सरुवा भयो । उनको ठाउँमा अर्का व्यक्ति ल्याइएन । २ व्यक्तिले प्रतिवेदन बनाएर बुझाए । ४ सय २९ जनालाई नक्कली शरणार्थी बनाए । यो सबै योजना र काम बिचौलियाको योजना अनुसार भयो । राज्यमा कुन तहको सेटिङ चल्छ ?

यो तपाईंले मलाई गर्नुपर्ने प्रश्न हो । मैले मेरो ठाउँमा बसेर सत्तामा भएको राजनीतिक दल मध्येको सबैभन्दा ठूलो राजनीतिक दलको सदस्याका रुपमा मैले ‘सर्कमस्टान इभिडेन्स’का आधारमा यो चाहिँ अपराधी नै हो भनेर मैले टेलिभिजनमा भन्नु चाहिँ मैले आफ्नो सुविधाका लागि ‘म छैन अर्को भए ठोकिहालौं’को पक्षमा छैन । म नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा आवज चिनिने मानिसको हैसियतमा छु । यो सरकारले छानबिन गर्ने निकायमा थोरै पनि जबरजस्ती नगरी काम गर्न दिनुपर्छ । काम गर्ने बेला कुन पार्टीको मान्छे भनेर हेर्न पाइँदैन । कांग्रेसको मान्छे हो, कम्युनिस्टको मान्छे हो, माओवादीको हो, एमालेको हो अथवा कर्मचारी हो वा व्यापारी हो । त्यसमा ‘वि ह्या टू बी कम्पिल्टी ब्लाइन्ड’ । र अनुसन्धान अगाडि बढ्नुपर्छ ।

यो लेभलको राज्य संयन्त्र दूरुपयोग हुन्छ भने कुन तहको कारबाही हुनुपर्छ ?

हाम्रो कानुन दिएको सबै । ऐन दिएको हदैसम्मको कारबाही । ऐनको विपरीत म जान्नँ । भावनामा मान्छेले यसो गर्नुपर्ला उसो गर्नुपर्ला भन्ला तर त्यो होइन । आफ्नो कानुन, ऐन स्पष्ट छ त्यो अनुसार प्रहरीले अनुसन्धान गर्ने, प्रहरीलाई आफ्नो निकायले गर्न सक्दैन भन्ने लाग्यो भने अर्को निकायमा जाने कुरा पनि अलिअलि आएको छ ।

तपाईं केन्द्रीय सदस्य मनोनीत भएकै बेला कांग्रेसको अन्तरसंघर्ष निकै बढेको छ । विद्रोहको चेतावनी पनि आउन थालेको छ । के कांग्रेस विभाजनको संघारमा पुगेको हो ? कि यो सबै ‘स्टन्ट’ हो ?

मलाई त्यस्तो लाग्दैन । नेतृत्वमा रहिरहनुभएका साथीहरु अलिकति कडा र निराशाको कुरा गरिरहनु भएको छ । उहाँहरुसँग पनि लामो समय बसेर काम गरेको मान्छे हो म । बाहिरको अभिव्यक्तिभन्दा उहाँहरुले गर्ने काममा मैले बढी सुझबुझ पाएको छु । त्यसैले कपार्टीलाई ठीक सम्हालेर लिएर जाने मुल आकांक्षाका साथ नै लाग्छ । खाली त्यो निराशा र के पो हुने हो भन्ने आतुरीका भावबाट मात्र ‘क्यारिड अवे’ हुन्नँ ।

के भन्या डाक्टर साब ? हालसालै कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा लेख्नुभयो, ‘ कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो’ अर्को महामन्त्रीको ठूलो साथ र समर्थन छ । उहाँको भाव पनि यसमा छ । र धेरैको यसमा समर्थन छ । महाधिवेश भएको यत्रो समय बित्यो भातृ संगठनहरु अस्तव्यस्त छन् । आजसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

मैले यसलाई आजको दिनको ‘पपुलिजम’को हेर्न हो भने त यो सबै कुरा त गएको १७ महिनाको कुरा हो नि त । त्यो १७ महिनामा म त काहीँ पनि थिइनँ भने उम्के भयो नि त । अब म छु अब सब ठीक हुन्छ भने पनि भयो नि त । यो त राम्रो होइन । योतर्फ म जान्नँ ।

यी सब पार्टीका समस्या हुन् । यी समस्यालाई समाधान गर्ने कि नगर्ने ? यो समस्या समाधान नगरी हामीलाई उम्कने बाटो छैन । महामन्त्रीले बोलेको कुरामा जुन भावना होला, त्यसलाई मैले बुझेको छु । तस सँगसँगै महामन्त्रीले अहिलेसम्म गरेको कामको तरिका र त्यही ट्विटको कुरामा पनि मैले कहीँ न कहीँ मेरो जिम्मेवारी मैले पूरा गर्नुपर्छ ।

मैले चाहिँ महामन्त्रीलेको यो निराशाको जरा खोजेको । के भयो भने मानिस यस्तो हुन्छ । अलि बढी त भएको हो नि पार्टीमा । सुशासन छैन । विचार, धारणा र फरक मतको खिल्ली उडाइन्छ ।

म महामन्त्रीमा पराजित हुँ । गगन थापा सबैले भोट हालेर महामन्त्री बनेको मान्छे हो । तथापि सबैको बाबजुद पनि मेरो केन्द्रीय समितिमा भूमिका के रहन्छ भने महामन्त्रीले जुन सकस अनुभव गर्नु भएको होला वा सभापतिले काम गर्ने कुरामा अलि बढी फुकी फुकी हिँड्नुभएको होला । त्यसको बीचमा कहीँ बाटो खोजेर त हिँड्नु पर्ला नि । त्यसले मेरो उमेरका मान्छेहरु भोलि नेतृत्वमा पुग्लान् न पुग्लान्, मैले आफ्नो मात्र कुरा गरेको होइन । सभापतिजीको अन्तिम ठाउँ हो । महामन्त्रीहरु अर्को पटक सभापति नभए के हुने त ? भन्ने अवस्थामा हुनु होला । मेरो उमेरका ६० कटेका ७० नपुगेका नेता धेरै छन् कांग्रेसमा । उहाँहरु काहीँ, केही नबोलेको देखिएको छ ।  

यस अघिका टफटक :

टफटकमा लोक चित्रकार : जसले एउटै चित्र २५ वर्षसम्म बनाइरहेका छन् !
टफटकमा अर्थमन्त्री : समयमै मन्त्रीहरु नआउँदा बजेटको गृहकार्य प्रभावित भयो
भारत जान लागेका प्रधानमन्त्री दाहाललाई पी लामाको सुझाव- जलवायु परिवर्तनको असरविरुद्धको लडाइँको नेतृत्व लिनू
टफटकमा क्रिकेट क्षेत्रका तीन हस्ती : आगामी चार वर्षको यात्रा कस्तो होला ?
टफटकमा तीन उद्योगपतिलाई प्रश्न- तपाईंलाई किन जिताउने ?
टफटकमा अर्थतन्त्रको बहस : ‘गणतन्त्र आएपछि १५ वर्षमा १७ वटा सरकार फेरिए’
टफटकमा उपेन्द्र यादव : खास गठबन्धन चार दलको हो, संसदले अब नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउँछ
नयाँ मन्त्रीको नौलो अनुभव : सिंहदरबार ‘सिम्पल’ रहेछ (टफटक)
प्रधानमन्त्री दाहाललाई सुशीला कार्कीको प्रश्न : प्रधानन्यायाधीशलाई हल्लाएर राख्ने ? (अन्तर्वार्ता)
टफटकमा भिक्षु अवधेश : हरेक मानिस बुद्ध बन्ने बाटोमा छ (अन्तर्वार्ता)
टफटकमा सभामुख : कतिपय सांसदबारे प्रश्न खडा भएका छन्, गृहमन्त्रीकै बारेमा देखियो